arrow

पहिलो पटक तेस्रोलिङ्गीहरु पुलिसमा भर्ती

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
third-gender-police.jpg

काठमाडौं । विश्वमा अल्पसंख्यकको बोलवाला कम छ । अवसर पनि कम छ । त्यस्तै हुने गरेको छ नपुंसकलिङ्गी (तेस्रो लिङ्गी) हरुमा पनि । तर पहिलो पटक भारतको छत्तीसगढमा १५ जना तेस्रो लिङ्गीहरुको पुलिसमा छनोट भएको छ । 

आरक्षक भर्तीको नतिजा अनुसार १५ जना छनोट भएका हुन् । छत्तीसगढ राज्यमा २ हजाार २५९ जनाका लागि उम्मेदवारको छनोट भएको छ । त्यसमा पहिलो पटक १५ जना तेस्रो लिङ्गी छानिए । 

भारतमा छत्तीसगढ त्यस्तो पहिलो राज्य बनेको छ जसले यति धेरै संख्यामा तेस्रो लिङ्गीलाई पुलिसमा समावेश गरेको छ । 

भारतीय संचारमाध्यमहरुका अनुसार राजपुरकी विद्या राजपूत तेस्रो लिङ्गी समुदायको अधिकारका लागि वर्षौंदेखि काम गरिरहेकी छिन् । उनले यो नतिजापछि खुशी व्यक्त गरेकी छिन् । 

उनले समाजमा तिरस्कार भोगिरहेको वर्गलाई मौका दिइएको भन्दै खुशी व्यक्त गरेकी छिन् । अहिले छनोट भएकाहरुले आफूले भोगेका पीडालाई संचारमाध्यमबाट धमाधम बाहिर आएका छन् । 

उनीहरुको विगत नर्कतुल्य रहेको पनि बताएका छन् । शबुरीले बाल्यकाल गाली सुन्दासुन्दै बितेको र अब सम्मान पाउने आशा व्वक्त गरेकी छिन् । 

शिवन्याले घरमा झाडु–पोछा लगाउँदैमा दिन बित्ने गरेको र केटाहरुको जिस्क्याहटको पीडा भोेगेको सुनाएकी छिन् । 

दिप्शाले आत्महत्या नगरी परिस्थितिसँग लड्न सिकेको बताएकी छिन् । 

नैनाले घरबाट निकालिएको र भीख मागेर रोटीको बन्दोबस्ती गर्दै आएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ