arrow

अष्ट्रेलियाले म्यानमारसँगको सैन्य सम्बन्ध तोड्यो

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
army-manmar.jpg

काठमाडौं । म्यानमारमा बढ्दो हिंसा र मृत्युकाबीच अष्ट्रेलियाले म्यानमारसँगको आफ्नो सैन्य सहयोग कार्यक्रम स्थगित गरेको छ ।

परराष्ट्र मन्त्री मारिस् पेनले ‘म्यानमारले सैन्य ‘कु’को विरोध गरिरहेकाहरुमाथि कडा कारबाही गरिरहेको’ बताएका छन् ।

सेनाले सत्तारुढ पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङ साङ सुकी एवं अन्य नेताहरूलाई पक्राउ गर्दै फेब्रुअरी १ मा सैन्य शासनको घोषणा गरेका थियो ।

त्यसको विरोधमा म्यानमारमा सर्वसाधरणहरुले प्रजातन्त्रको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरिरहेका छन् । सेनाले भने प्रदर्शनकारीहरूमाथि कडा कारबाही थालेसँगै अहिलेसम्म दर्जनौं सर्वसाधारण मारिएका छन्, भने सयौं घाइते भइसकेका छन् ।

‘हामी म्यानमारमा सैन्य बललाई सर्वसाधारणमाथिको हिंसा रोक्दै संयम हुन आग्रह गर्दछौं’ अष्ट्रेलियाका परराष्ट्रमन्त्री पेनले भनेका छन् । म्यानमारलाई अस्ट्रेलियाले गैर युद्ध क्षेत्रमा सहयोग गर्दै आएको थियो ।

यद्यपि, १२ अन्य मुलुकहरूले भने, त्यहाँको सेनलाई दिने सहयोग जारी राखेको छन् । म्यानमारमा प्रजातन्त्रको बचाउमा लागेकाहरूले सबै मुलुकलाई सैन्य सहयोग रोक्न आग्रह गरेका छन् ।

म्यानमारको सेनलाई हालसम्म सहयोग निरन्तर राख्नेमा भारत, पाकिस्तान, युक्रेन, चीनलगायतका मुलुक रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ