arrow

राजकुमारले किन त्यागे राजपरिवार, खुल्यो वास्तविकता

बेलायती दरबारमाथि 'रङ्गभेदी'को आरोप, छोरालाई राजकुमार नदिइएको गुनासो

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
harry-meghan.png

काठमाडौं । यति बेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र खास गरी अमेरिकी र बेलायती सञ्चारमाध्यममा प्रिन्स ह्यारी र मेगन मर्केलको अन्तर्वार्ताको विषयले ठुलो चर्चा पाइरहेको छ ।

बेलायतकी महारानी एलिजाबेथका नाति प्रिन्स ह्यारी र उनकी श्रीमती  'डचेज अफ ससेक्स' मेगन मर्केलले चर्चित अमेरिकी टिभी प्रस्तोता ओप्रा विनफ्रीसँग करिब २ घण्टामा लामो अन्तर्वार्ता दिएका थिए ।

उक्त अन्तर्वार्ता आइतबार अमेरिकामा प्रसारण भएको छ भने सोमबार बेलायतमा प्रसारण भइरहेको छ । यो अन्तर्वार्ताका बारेमा बेलायती राजपरिवारले २ हप्ताअघि मात्रै थाहा पाएको हो ।

अन्तर्वार्तामा प्रिन्स ह्यारी र मेगनले राजपरिवारभित्र अनेकौं विषयहरूमा बोलेका छन्, जुन राजपरिवारका लागि आपत्तिजनक समेत हुन सक्छन् । उनीहरूले राजपरिवारलाई रङ्गभेदी र नश्लभेदी रहेको आरोप समेत लगाएका छन्। मेगनलाई लिएर उनको सन्तानको रंग कस्तो होला भन्ने टीकाटिप्पणी दरबारमा हुने गरेको उनीहरूले बताएका छन्।

मेगनले अन्तर्वार्ता क्रममा बेलायती राजपरिवारभित्र आफ्नो छोराको रङ कति 'कालो' होला भन्ने विषयमा कुराकानी हुने बताएकी छन् । यस्ता नश्लभेदी र रङ्गभेदी टीकाटिप्पणीले मेगनलाई आत्महत्या गर्ने सोच आएको पनि उक्त अन्तर्वार्तामा बताइएको छ।

विवाहपछि प्रिन्स ह्यारी र मेगनले गत वर्ष राजपरिवारको भूमिका त्यागेका थिए । उनीहरूले त्यति बेला सामान्य जीवनयापन गर्न चाहेको भन्दै राजपरिवार त्याग गरेका थिए । हाल उनीहरू अमेरिकास्थित क्यालिफोर्नियामा बस्दै आएका छन् ।

तर, ओप्रा विनफ्रीलाई दिएको अन्तर्वार्ता उनीहरूले राजपरिवारभित्र थुप्रै चुनौती सामना गर्नु परेको देखिन्छ । अन्तर्वार्ता लिने ६७ वर्षीय ओप्रा र मेगनबीचको सम्बन्ध सन् २०१८ देखि नै नजिक रहेको न्युर्योक टाइम्सले जनाएको छ ।

के छ अन्तर्वार्ता ?
यो अन्तर्वार्ताले करोडौँ मानिसको ध्यान खिचेको छ । बीबीसी, न्युर्योक टाइम्स जस्ता सञ्चारमाध्यमले लाइभ अपडेट समेत दिइरहेका छन् ।

अन्तर्वार्ता मेगनले राजपरिवारका अन्य नाति पनातिलाई दिइने प्रिन्स उपाधि आफ्नो छोरालाई नदिइएकोमा दुख व्यक्त गरेकी छन् ।

प्रिन्स ह्यारीकी पत्नी मेगनबाट जन्मेका आर्चीलाई प्रिन्स अर्थात् राजकुमारको उपाधि दिइएको छैन । अन्तर्वार्ता क्रममा मेगनले आफू गर्भवती रहेका बेला नियम परिवर्तन गर्दै आफ्नो छोरालाई सो उपाधि नदिइएको बताएकी छन् ।

‘मेरो सन्तानलाई ‘प्रिन्स वा प्रिन्सेस’ को उपाधि दिइने नियम त्यति बेला परिवर्तन गरियो जब म गर्भवती थिएँ’, उनले भनेकी छन् ।

यसबाहेक उनले आफू राजपरिवारमा रहँदा बाँच्न नै नचाहेको अवस्थामा रहेको समेत अन्तर्वार्तामा बताएकी छन् । ‘म खासमा बाँच्न नै चाहँदैनथेँ । म यो कुरा ह्यारीलाई भन्न असहज महसुस गर्दथेँ  किनभने उसले जीवनमा धेरै कुरा गुमाएका छन् । यो डरलाग्दो विचार मेरो दिमागमा सधैं चलिरहन्थ्यो ।’

यसबाहेक उनले अन्तर्वार्ता क्रममा वास्तविक रूपमा बाहिर भनिए भन्दा तीन दिनअघि नै ह्यारी र आफ्नो विवाह भइसकेको बताएकी छन् । उनले आफूहरूले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिइरहेको  र सन्तानको इच्छ्या पनि पूरा भएको बताएकी छन् ।

अन्तर्वार्ता सार्वजनिक भएपछि बेलायती पत्रिका डेली मेलले पहिलो पानामै मेगनले प्यालेसलाई रङ्गभेदीको आरोप लगाएको भन्दै समाचार प्रकाशन गरेको छ ।

प्रिन्स ह्यारीले अन्तर्वार्ता क्रममा आफ्नै बुवा प्रिन्स चार्ल्सबाट निराश भएको समेत बताएका छन् । उनले आफ्ना पिता, दाइ र आफू राजपरिवारको प्रणाली भित्र फसेको प्रतिक्रिया दिएका छन् ।

दुई घण्टामा लामो अन्तर्वार्ता यी लगायतका विभिन्न कुराहरू ह्यारी र मेगनले बोलको छन् । बेलायती राजपरिवारभित्र रङ्गभेद र नश्लिय टीकाटिप्पणीहरू यसअघि समेत हुने गरेको थिए ।

ह्यारी र मेगनले राजपरिवारका सदस्यको जिम्मेवारी त्याग्नुको पछाडि पनि विभेद र विभेदपछिको यातना सहन नसकेको भन्ने किसिमका प्रतिक्रियाहरू आउने गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ