arrow

उपत्यकामा बढे संक्रमित

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
covid-test-positive-corona.jpg

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका भित्र कोरोना संक्रमितको संख्या बढेको छ ।   सोमवार देशभरमा  ८९ जना सक्रिय संक्रमित थपिदा उपत्यकामा मात्रै ५७ नयाँ संक्रमित फेला परेका छन्  ।

जस मध्ये काठमाडौँमा ४५ ललितपुर छ र भक्तपुर छ गरी ५७ नयाँ संक्रमित फेला परेका हुन् ।  योसँगै जम्मा संक्रमितको सङ्ख्या दुई लाख ७४ हजार ८१० पुगेको छ ।  सोमवार थपिएका संक्रमितमध्ये पुरुष ४९ र महिला ४० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४१ जना संक्रमण मुक्त भएका छन् । सोमवार संक्रमणमुक्त भएका ४१ समेत गरी सोमवारसम्म दुई लाख ७० हजार ९२७ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।  सोमवारसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी चार हजार ३९९ नमूना परीक्षण भएको थियो । हालसम्म २१ लाख ९७ हजार २३५ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ७५ हजार ४११ परीक्षण भएको बताइएको छ । कोभिड-१९ कारण हालसम्म देशभरका तीन हजार ११ को मृत्यु भइसकेको छ । हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ५५ रहेको बताइएको छ ।

सरकारले सञ्चालन गरेको खोप कार्यक्रमबाट लक्षित पेशा वा उमेर समूहका कोही पनि छुट्न नदिन स्थानीय सरकारले ध्यान दिनुपर्नेमा प्रवक्ता जागेश्वर गौतमले जोड दिए । नागरिकले पनि खोप लगाएपछि पनि दूरी कायम गर्नुपर्ने र हातको सफाइमा ध्यान दिनुपर्ने उनले बताए ।

यही फागुन २३ गते आइतबारबाट ६५ वर्ष पूरा भएका नागरिकलाई खोप सञ्चालन भइरहेकामा कतिपयले उमेर खुल्न कागजात नभएकाले खोप लगाउन नपाएको भनी गुनासो आएको उनले बताए । उनले भने, “कागजात नभएकाको हकमा वडा कार्यालयले सिफारिस बनाएर सहजीकरण गर्नुपर्छ ।”

सरकारले १७ लाख ८२ हजार ४६९ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । आइतबारसम्म यो लक्ष्यको नौ दशमलव २८ अर्थात एक लाख ६५ हजार ४२८ ले खोप लगाएका छन् । खोप लगाउनका लागि प्रदेश १ मा ४४२, प्रदेश २ मा २४१, बागमती २२१ र गण्डकी प्रदेशमा ४२८ केन्द्र तोकिएको छ । त्यस्तै, लुम्बिनी प्रदेश ५९९, कणार्ली १७१ र सुदूरपश्चिम प्रदेशमा ३१७ केन्द्र तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ