arrow

मनको स्थिरता कसरी प्राप्त गर्ने?

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
sufi-sant.jpg

काठमाडौँ । तपाईँले एउटा ढुङ्गा जमिनमा सीधा फ्याँक्नुहोस्, त्यो ढुङ्गा केही टाढासम्म जान्छ अनि अन्तमा गएर रोकिन्छ, त्यो फेरि अगाडि बढ्न सक्दैन, किनभने अन्तमा गएर त्यो स्थिर हुन्छ। तपाईँले कार चलाउनु हुन्छ, कारमा पेट्रोल सकिएपछि त्यो आफै-आफ रोकिन्छ, स्थिर हुन्छ। मतलब संसारको प्रत्येक चीज अन्ततोगत्वा स्थिर हुन चाहन्छ।

प्रत्येक वस्तुको उद्देश्य हो शान्त हुनु, स्थिर हुनु। स्थिरता कसरी प्राप्त हुन्छ? योगद्वारा। योगको अर्थ यो होइन कि तपाईँ मायादेखि भागेर कुनै ओढार या गुफामा जानुहोस्। योगको मतलब त मायामाथि विजय प्राप्त गर्नु हो, आफ्नो मनका वृत्तिहरूमाथि नियन्त्रण प्राप्त गर्नु हो। तर, जब प्रत्येक वस्तुको अन्तिम लक्ष्य स्थिरता प्राप्त गर्ने हो भने हामीले स्थिरता कसरी प्राप्त गर्ने? किनभने मन अति चञ्चल छ जसले हाम्रो जीवनलाई पनि चञ्चल बनाएको छ। हुन त हाम्रा ऋषिहरूले अन्तिम समयमा ब्रह्मा पनि स्थिर हुन्छ भनी भनेका छन्।

यो ब्रह्माण्ड, यो सृष्टि पनि शान्त हुन्छ, स्थिर हुन्छ। अन्तिम समयमा संसारका सारा चीज स्थिर हुन्छन्, यहाँसम्म कि प्राण-पखेरु उडेपछि यो शरीर पनि काठ जस्तो स्थिर हुन्छ। तर जसले मनलाई स्थिर गर्छ, जसले मनमाथि नियन्त्रण प्राप्त गरेको छ उ मात्र स्थिरताको लक्ष्यमा पुग्दछ। केवल मात्र शरीर स्थिर हुनु मनको स्थिरता होइन।

एक समय एउटा सिद्ध फकिर मस्जिदमा पुगे। मस्जिदमा इमाम साहब खुदालाई प्रार्थना गरिरहेका थिए, साथै अरू मानिसहरू नमाज पढिरहेका थिए। फकिरले एउटा चाँदीको पैसा निकालेर आफ्नो खुट्टामुनि थिचे। इमाम साहबले यो सबै दृश्य देखिरहेका थिए।

अब इमाम साहबको दृष्टि घरी-घरि त्यस फकिरको खुट्टातिर जान लाग्यो, मतलब इमामको ध्यान प्रार्थनाबाट हटेर खुट्टाले थिचेको पैसामा लाग्यो। प्रार्थना समाप्त भएपछि इमामले भने-आज अल्लातालाले, ईश्वरले मेरो नमाज, प्रार्थना स्वीकार गर्नु भयो।

तब फकिरले भन्छन् -इमाम साहब, तपाईँको नमाज खुदाले स्वीकार गर्नु भएन। मानिसहरूले भने-कसरी स्वीकार गर्नु भएन? फकिरले भन्छन्- इमाम साहबको नमाज र ध्यान अल्लाको ध्यानमा थिएन। इमामले यो चाँदीको पैसाको ध्यान गरिरहेका थिए, घरी-घरि उनको ध्यान यो पैसामा गइरहेको थियो, यस कारण उनको ध्यान चाँदीको पैसाको ध्यान थियो।

यस्तै प्रकारले मानिलिनुहोस्, जहाँ तपाईँले निशाना लगाउनु छ यदि तपाईँको दृष्टि केवल मात्र निशानामा स्थिर भए अरू चीज देख्नु हुन्न। मनरूपी तीरलाई तपाईँले जहाँ लगाउनुभएको छ निशाना त्यहीँ लागिरहेको छ, त्यो अल्लाको, ईश्वरको, सत्य नामको ध्यान होइन। यस कारण यो सोच्नु, विचार गर्न छ कि त्यो सत्य नाम के हो जसमा आफ्नो मन लगाएर हामीले आफ्नो साधना, भक्ति सफल बनाउन सक्छौँ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ