arrow

झडप र अश्रुग्याँसले राजविराज तनावग्रस्त

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
807380038.jpeg
सप्तरी । गए राति बन्द राजमार्ग खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भई जनाको मृत्यु भएको आक्रोशमा अहिले राजविराज र पूर्वपश्चिम राजमार्गको विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।  सप्तरी प्रशासनले आइतबार बिहानैदेखि सदरमुकाम राजविराजसहित राजमार्ग क्षेत्रमा निषेधाज्ञा लगाएपनि झडप भइरहेको प्रहरीले जनाएको छ । 

राजविराजको मुख्य सडक खण्डअन्तर्गत दर्शन चौक र गजेन्द्र चौकमा हजारौँको सङ्ख्यामा रहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको बताइएको छ ।  सो क्रममा प्रहरीले सयौँ राउन्ड हवाई फायर गर्नुका साथै स्थिति नियन्त्रणमा लिन राजविराजको ठाउँठाउँमा अश्रु ग्यास प्रहार गरिरहेका छन् । 

यस्तै, पूर्वपश्चिम राजमार्गको रुपनी, भारदह, कन्चनपुरलगायतका ठाउँमा समेत मधेसी मोर्चा र प्रहरीबीच झडप भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  रुपनी मोडमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले आगजनी गरी क्षति पु¥याएका छन् । राजविराज–छिन्नमस्ता सडक छेउमा रहेको सशस्त्र प्रहरीको बिटमा समेत आक्रोशित आन्दोलनकारीले आगजनी गरेका छन् । 

यता, आन्दोलनकारीले राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पताल गएको ना१झ १३१६ नम्बरको प्रहरी भ्यानमा आगो लगाइदिएका छन् । आगजनीबाट भ्यान पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको छ । जलेको भ्यान जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक भीम ढकालले चढ्ने गाडी भएको बुझिएको छ । 

गए राति पूर्व पश्चिम राजमार्गको विभिन्न ठाउँ अवरुद्ध गरेर बसेका आन्दोलनकारीलाई हटाउन खोज्दा प्रहरी र आन्दोलकारीबीच झडप भएको थियो ।  यसैबीच प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भारदह, रुपनी तथा विसनपुर चौकमा सयौंको सङ्ख्यामा आन्दोलनकारीले इलाका प्रहरी कार्यालय तथा काममा खटिएका सुरक्षाकर्मीमाथि चौतर्फी आक्रमण गरेपछि स्थिति असामान्य भएको जनाइएको छ । 

भारदह तथा रुपनीमा आन्दोलनकारीको तर्फबाट गोली तथा पेट्रोल बमसमेत प्रहार गरिएको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ