arrow

बाबुरामको नयाँ शक्तिलाई मधेसी मोर्चाको साथ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2086675123.jpeg
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा स्थापना गर्न लागेको नयाँ शक्ति निर्माण अभियानलाई मधेसी मोर्चामा आवद्ध नेताहरुले सहयोग र समर्थन गर्ने जनाएका छन् ।  

काठमाडौंको चाबहिलमा आयोजित नयाँ शक्ति निर्माण अभियानको दुईदिने भेलामा तराई मधेस लोकतान्कि पार्टीका अध्यक्ष महन्थ ठाकुरले बाबुरामको देश, सिद्धान्त र जनताको निष्ठाप्रति आफुहरु परिचित रहेको जनाउँदै उनको यो अभियानप्रति हाम्रो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्ति निर्माण गरी ब्रेक थ्रु गरेर अघि बढ्न शुभकामना दिए ।  पूर्वप्रधानमन्त्री डा भट्टराईले मधेसी तथा आदिवासी जनजाति लगायतका मागहरु पूरा गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारलाई सहयोग गर्न आफू तयार रहेको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ