arrow

नेपाली भाषालाई मान्यता दिलाउने  सरादार रुद्रराज पाण्डेको १ सय २१औं जन्मजयन्ती

logo
प्रकाशित २०७७ चैत १ आइतबार
rudraraj-pandey-121BD.jpg

काठमडौं । नेपाली भाषालाई भारतमा लगेर मान्यता दिलाउने सरदार रुद्रराज पाण्डेको १ सय २१औं जन्मजयन्ती मनाइएको छ । शनिवार रुद्रराज साहित्य सेवा समितिको आयोजनामा पाण्डेको जन्म जयन्ती मनाइएको हो ।

विक्रम संवत् १९५७ साल फागुन २६मा काठमाडौंमा जन्मेका सरदार  पाण्डेका पुर्खा पाल्पा अनि तनहुँका सेन राजाहरूका गुरु थिए ।

नेपाली भाषालाई भारतमा लगेर मान्यता दिलाउने, नेपालका विद्यार्थीलाई पटनामा पुगेर म्याट्रिक (एस.एल.सी.)दिने प्रचलनलाई नेपालबाटै सो परीक्षा दिने परिपाटी मिलाउने एवं शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक क्षेत्रमा पाण्डेले ठुलो योगदान दिएका थिए ।

जन्म जयन्तीको अवसरमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले सरदार पाण्डेले दिएको योगदान बारेमा स्मरण गराएका थिए । यसबाहेक आयोजक रुद्रराज साहित्य सेवा समाज समितिले त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा एवं अन्य व्यक्तित्वहरूलाई पुरस्कार एवं सम्मान प्रदान गरेको थियो ।

सरदार पाण्डेको सबैभन्दा मनपर्ने विषय नै नेपाल, नेपाली भाषा र नेपाली राष्ट्रियता थियो । त्यसैले उनी नेपालका लागि मरिमेटे, नेपालको शिक्षा विकासका लागि समर्पित भए र नेपाली भाषाको विकासका लागि चारैतिर कुदे । उनी नेपालमा शिक्षाको दियो सल्काउने महारथी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ