arrow

कलम किन्न गएकी बालिकामाथि सामूहिक करणी

logo
प्रकाशित २०७७ चैत १ आइतबार
Child-rape.jpg.jpeg

 कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा कलम किन्न गएकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।

शुक्रवार साँझ पुनर्वास नगरपालिका २ मोतिबस्तीमा बालिकामाथि पहिचान नखुलेका युवाहरूको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताएका छन्।

प्रहरीलाई बालिका हराएको खबर आएपछि खोजी गर्दा राती १२ बजेको समयमा घरबाट करिब ४ सय मिटरको दुरीमा फेला पारेको थापाले बताए।

उनका अनुसार बलात्कार गरेको आरोप लागेका युवाहरूको पहिचान खुलेको छैन। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

 धनगढीमा स्वास्थ्य परीक्षणपछि बालिकालाई आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ