arrow

मुटुको काम मिर्गौलाले

logo
रामेश्वरप्रसाद बराल 
प्रकाशित २०७७ चैत २ सोमबार
rameshwor-baral.jpg

एउटा भेडा गोठालो आफ्ना भेँडा बथानलाई असाध्य माया गथ्र्यो । उसका सच्चा सम्पत्ति यिनै थिए । यिनका बलमा ऊ सदैव प्रफुल्ल मुुद्रामा रहन्थ्यो । यिनलाई सुम्सुम्याउँथ्यो । घोर्लेको म्वाइँ खान्थ्यो । पाठाको जतन र सिङ भाँचिएकाको सम्मान गथ्र्यो । बिसन्चो भए राम्रो स्याहार र औषधिमुलो गराउँथ्यो । बथान ठूलो थियो र उसले गोठ उसै हिसाबले निकै फराकिलो बनाएको थियो । 

बथानमा साना ठूला भेडाले भ्याँ भ्याँ गरेको सुन्न पाउँदा मनैदेखि आनन्द लिन्थ्यो र भ्याँ भ्याँको स्वर उसलाई मीठो संगति धून थियो । कुनै पाठोले चकचक गरेन भने ऊ त्यसलाई राम्ररी नियालेर हेथ्र्यो र बोलाउँथ्यो, ‘हर्र आ, एँ माँ । तँलाई के भो ? र छामछुम् गथ्र्यो । तिनका थरीथरी नाम पनि न्वारान् गरेको थियो । एकोहोरो मात्तिने, लेदो र फोहोरमा मुख डोब्नेलाई ए.मा.ले. भनी बोलाउँथ्यो । नभन्दै आइज आ हर्र आ भनेर बोलायो भने टोलाएका समेत खान पाइने आशमा गुरुर्र झम्टिदै उसको घेरो लाग्थे । 

सुन्नेले भन्थे, नामै त हो जे राखे पनि । घोडालाई अश्विनीकुमार भन्दैमा कसले पो सुवास पायो ? तैपनि कलिला पाठा होउन् कि डुङ्डुङी गनाउने बोका, सबै उसैका वरिपरि झुरुम्म रहन्थे । उसलाई थाहा थियो भेँडामा भेँडाकै स्वभाव हुन्छ । झुक्केर एउटा भीरबाट खँदारिए बाँकी पनि सँगसँगै ब्यान्द्र्याङ् ब्यान्द्र्याङ् पछिपछि फाल हाल्न थाल्थे । 

एकोहोरो मात्तिने, लेदो र फोहोरमा मुख डोब्नेलाई ए.मा.ले. भनी बोलाउँथ्यो । नभन्दै आइज आ हर्र आ भनेर बोलायो भने टोलाएका समेत खान पाइने आशमा गुरुर्र झम्टिदै उसको घेरो लाग्थे । 

उसको एकमात्र लक्ष्य थियो यी सबैको जतन गर्ने, भीरबाट जोगाउने र किलामा अड्काइ राख्ने । तिनका चारा, स्याउला, घाँस बन्दोबस्त नगरी आफूले मात्र खाएको निको मान्दैनथ्यो । अर्कातिर कतिपय सिङ फुस्केका भेँडासँग उसको खड्गास्ट थियो । बाहिरी चिनजानले उसको नामै काढेर बोलाउँथे र ऊ सुन्थ्यो । नाम काढेको र तिमी भनेको उसलाई पटक्क मन पर्दैनथ्यो, तरै पनि भन्दिहाल्थे । कतिले ‘भेँडो भेँडो बुद्धिको’ भनेर जिस्क्याउने गर्थे । ऊ भने कसैका लहैलहैमा हैन, सुनेको नसुन्यै गथ्र्यो । बरु मुसुक्क हाँसेर टाथ्र्यो । 

बखत बखत नौला भेँडा उसका बथानमा फुत्त मिसिन्थे । तिनलाई देख्थ्यो, खुशी मान्थ्यो र भन्थ्यो, ‘स्वागत छ भेँडामा मिसिएका भेँडालाई । किलामा बाँध्यो, एकदुई दिनमै ती नौला पनि उसका नियममा चल्न थाल्थे । 

ऊ झन् झन् ठूलो बथानको अधिपति हुने सपना दखिराख्थ्यो । उसलाई गाईबथानमा उति चाख थिएन । भेडा उसका खसीबाख्रासरह थिए । बथान उसैमा रमाएर अनुशासित थिए । हातमा कैले खुट्ने किलो, कैले सिर्कना देखेर पाठादेखि गनाएका बोकासम्म उसको हैकम मान्थे । 

ऊ सिर्कना बोकेरै हिंड्थ्यो, संविधानसम्मत नेताजस्तो । भन्थ्यो, नेता पनि गोठालो हो । तथापि उसमा र नेतामा विशेष अन्तर थियो । नेता अघि लाग्छन् र बाँकी भेँडा पछि लाग्छन् । ऊ भने कैले किलामा भीमसेनले कलि बाँधेजस्तो गरी बाँधेर, कैले सबै फुकाएर सिर्कना झल्काउँदै, धपाउँदै हिंड्थ्यो । 

दिन छोटा हुँदै आए । दैनिकीमा फेरबदल आयो । भन्नेबित्तिकै त्यत्रो बथानलाई स्याउला र घाँस भेटिन छाड्यो । उनैले छेउँछाउँका घाँस, स्याउला मर्काएर चरिसकेका थिए । बाँकीमा खद्रापारि, खोलापारिका बाहिरिया छाडासमेत पसेर खुदिसकेका थिए । कसैलाई पनि फुक्का छाड्ने कुरो थिएन । फेरि तिनलाई एक एक गरेर खुट्न न किला पुग्थे, न पगा (लामो डोरी) नै । 

उसले त्यहाँ मृगहरू बथानमा मिसिएको देख्यो र औधि रमायो । तीसमेत उसका छेउँमा पल्टेर न्यानो मानिरहेका थिए । एकातिर भेँडा । अर्कातिर स्वर्णिम मृग । आफ्ना माउ खोज्दै मृगका पाठा पनि त्यो वरिपरि झुम्मिन आए । हर्रो नपाउनेले जाइफल पाएसरह ऊ उसै उसै गद्गद् ।

थुनेर राख्नु झनै राम्रो थिएन । आफ्ना भनाउँदा मुखबुजो पाउनेहरू उल्टो सिङौरी खेल्न र जुध्न खोज्थे । भ्याएसम्म लाउके लाम्ठुँडेहरू औसानी लाग्ने गरी अझ अझ ठूलो गाँस हसुर्दै थिए । र अरूलाई पुगोस् नपुगोस्, बलमिच्याइँमा उतर्सिएका थिए । बल्लतल्ल एउटा डाङ्रोलाई खुशी तुल्यायो, अर्काको उत्तिकै भ्याँ भ्याँ । कान टट्टाएको टट्टाएकै । सोरैसोरले गोठालोलाई बसी टिक्नु भएन । 
अनि उसले नौला नौला घाँस स्याउला चहार्दै भेँडालाई धपाउँदै हिंड्यो । हुँदाहुँदै एकदिन ऊ एउटा जंगलमा पुग्यो । घनघोरको जंगल थियो । बाहिरैदेखि त्यहाँ घाँस स्याउला देखेर भेँडालाई त्यहीँ रमाउन र चर्न छाड्यो । हिउँदे याम थियो । जाडो छेल्न ऊ छेउँछाउँ सुकेका झिक्रा र हाँगाबिँगा सल्काएर धुनी जगाएर बस्यो । 

एकरातको कुरा हो । उसलाई गोठमा फर्किने ध्याउन्नै भएन । धुनी जगाउँदै त्यहीँ ढल्कियो र रात काट्यो । पाठाहरू स्याउलाले अघाइ सकेपछि न्यानो खोज्दै उसका छेउँमा आएर चारै खुट्टामा पर्लक्क कोल्टे परेका थिए । उसका आँखा धेरै बेरपछि उघ्रिए । पत्याउने गाह्रो । उसले त्यहाँ मृगहरू बथानमा मिसिएको देख्यो र औधि रमायो । तीसमेत उसका छेउँमा पल्टेर न्यानो मानिरहेका थिए । एकातिर भेँडा । अर्कातिर स्वर्णिम मृग । आफ्ना माउ खोज्दै मृगका पाठा पनि त्यो वरिपरि झुम्मिन आए । 

हर्रो नपाउनेले जाइफल पाएसरह ऊ उसै उसै गद्गद् । उसले एउटालाई हातले छाम्यो, अर्कोलाई सुम्सुम्यायो । अनि निम्त्यायोे, ‘माऊ ! ओर आओ !’ अझ अझ माऊ ओर ओर आए । माऊ ! ओर !  माऊ ! ओर !  माऊलाई ओर, ओर बोलायो । उसका हातको सिर्कनाले कुनै मा ! आ ! तर्सेनन् । एकपछि अर्कोले झन्झन् हाइसन्चो मान्दै सुम्सुम्याउन र ठुँडो, जुरो, ढाड मुसारी माग्न थाले । तत्काल उसले मनमा लियो, ‘कति राम्रो संकेत । झन् गुनिला रे’छन्’ ।

अर्को सम्साँझैं उसले फेरि झिक्रा र सुकेका हाँगाबिँगा टिपनटापन गर्यो र आगो जोर्याे । आगो बलेको देख्नेबित्तिकै रापमा ती माऊ मृग र शावक ओर, अझ ओर ओइरिए र छेउँछाउँ धुइरिए । साह्रै नरम भुवाका ती ऊसँग कस्तो झुम्मिए, कस्तो रत्तिए भने उसले तिनैलाई सुम्सुम्याइ रह्यो । 

कमै भेँडा र पाठालाई उसका नजिक पर्ने ठाउँ रह्यो । बिचराले डाड माने, वाल्ल परे, अलि पर परै अँचेटिन बाध्य भए । के गरून् ? मिसिएर चर्दा रहे । गोठालाका मनले बेग्लै देख्यो, भेडा भन्दा मृग कता कता समृद्घिद्योतक । अब ऊ उतै लहसियो, लसपस गर्यो । हिउँदभरि यस्तै चल्यो । आखिर हिउँद कति दिनका थिए र ? जाडो घर्कियो, उसले दाउरा बटुल्न परेन र धुनी जगाउन पनि छाड्यो । ऊ मग्न थियो मृगको स्याहारसंभारमा । 

उसलाई होश भएन — भगवान् राम पनि स्वर्णमृगमा लोभिएका थिए । ती न रामका थिए, न गोठालोका । दुवैनिम्ति ती जंगलका थिए । ब्वाँसा थिए । बाहिरी खोलमा मृगचर्म । अब ऊसँग सिँगारी राख्या सिर्कनो छ ।

एकदिन घाम चर्कियो । सम्साँझैं ऊ मृग झुम्मिने सधैंको पैरीडाँडामा गयो । लाम्खुट्टे र गन्धे कीराले उसलाई घेर्न थाले । अय्या । लाम्खुट्टेले टोकेका ठाउँमा जीउ यता र उति मर्काउन र पर्सिन थाल्यो । पर्खियो, सर्यो । तर न मृग, न मृगशावक, कोही देखिएनन् । एकछिन्पछि ऊ झयाँस्य भयो । ‘ए साँच्चि, खोइ त भेडा ?’ न भेडा, न भेडाका पाठा । कसैको कतै चालचोल थिएन । यत्रो महिनासम्म बिचरा केको बाँकी रहुन् ? कोही मरे, कोही ब्वाँसाको शिकार भए र कोही भने ब्वाँसा बनिसकेका थिए । 

उसको मुटुले ठाउँ छाड्यो । ऊभित्र तर मुुटु हैन, अर्काका भए पनि सापटी मिर्गौला थिए । अनि उसले मुटुमा किला ठोक्यो र कमिजका बाहुला सुर्केसरि मिर्गौला सुर्कियो, ‘मुटुको काम मिर्गौलाले गर्छु ।’ 

उसलाई होश भएन — भगवान् राम पनि स्वर्णमृगमा लोभिएका थिए । ती न रामका थिए, न गोठालोका । दुवैनिम्ति ती जंगलका थिए । ब्वाँसा थिए । बाहिरी खोलमा मृगचर्म । अब ऊसँग सिँगारी राख्या सिर्कनो छ । सिर्कनोले हात हल्ल्या’छ र सापटी मिर्गौलाले उसलाई बोक्या’छ ।   
               
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ