arrow

रोकियो सुकीको थाइल्याण्ड भ्रमण

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
suki6.jpg.jpeg
बैंकक । म्यानमारकी विदेशमन्त्री एव्म राष्ट्रिय सल्लाहकार आङ सान सुकीको थाइल्याण्ड भ्रमण रद्द भएको छ । उनले आगामी शनिबार थाइल्याण्डको भ्रमण गर्ने भएकी थिइन् ।  उनी विशेषत थाइल्याण्डमा रहेका म्यानमारका शरणार्थी नागरिक बसिरहेको शरणार्थी शिविरको भ्रमणका लागि जान लागेकी हुन् । 
 
उनको सो भ्रमण रद्द भएको बताइएको छ । थाई सरकारले सो जानकारी बिहीबार गराएको हो । विदेशमन्त्री सुकीले यही शनिबार थाइल्याण्डको भ्रमण गर्न लायेकोमा हालका लागि स्थगित भएको जानकारी थाइ सरकारले पठाएको हो । 
 
म्यानमारका छ हजार भन्दा बढी नागरिकलाई थाई सरकारले दशकौँदेखि शरणार्थीका रुपमा बस्न दिएको छ । पश्चिम थाइल्याण्डमा रहेको सो शरणार्थी शिविरमा उनले भ्रमण गर्न लागेकी थिइन्  । सो योजना बिहीबार अकस्मात आएर असफल भएको जनाइएको छ । 
 
थाई सरकारले ती शरणार्थीलाई अस्थायी प्रकृतिको आश्रय दिइरहेको छ । थाइल्याण्डको पश्चिमी थाम हिन शरणार्थी शिविरमा पुगी त्यहाँ रहेका म्यानमाली शरणार्थीहरुसँग भेट गर्ने कार्यक्रम रहेको थियो । 
 
बिहीबार उनको भ्रमण रद्द भएको जानकारी थाई सरकारले गराएको समाचारमा जनाइएको छ । यसपछि सुकीको भ्रमण कहिले हुने भन्ने बारेमा केही बताइएको छैन ।सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ