arrow

स्वास्थ्य केन्द्रमा बसेर जनताको सेवा गर्न स्वास्थ्य प्रमुखको निर्देशन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असार १० शुक्रबार
health-discussion.JPG.jpeg
स्याङ्जा।ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरुमा अहेव नबस्ने समाचारहरु बेला बेलामा आइरहन्छन् । मानिसको जिवनमा सबै भन्दा ठुलो स्वास्थ्य हुनु हो । गाँउ गाँउका जनतालाई स्वास्थ्यको पहुँच पुगोस भन्ने उदेश्य राखेर हरेक गाविसमा स्वास्थ्य चौकी र इलाकामा प्रथामिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । तर स्वास्थ्य केन्द्रमा बसेर सेवा प्रवाह नगर्दा अधिकांश ग्रामिण क्षेत्रका वासिन्दा महङ्गो शुल्क तिरेर स्वास्थ्य सेवा लिन बाध्य छन् । यसको गुनासो चिर्न स्याङ्जाका जिल्ला स्वास्थ्य प्रमुख डाक्टर भोजराज गौतमले हरेक गाविस र इलाकामा रहेका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य केन्द्रमा बसेर जनताको स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। 
 
समुदायमा आधारित नवजात शिशु तथा वालरोग एकीकृत व्यवस्थापन सम्वन्धी ६ दिने तालिमको समापन कार्यक्रममा वोल्दै डाक्टर गौतमले बर्षाद समयमा विभिन्न खालका संक्रमण फैलने हुदा गाँउमा बसेर जनताको सेवा गर्न निर्देन दिएका हुन् । बेला बेलामा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नै भेटिदैनन् भन्ने सुचना आफुले पाएको बताउदै डाक्टर गौतमले हरेक नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई राम्रो सगँ मनन् गरेर सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देन दिएका हुन् । जनताले सरकारी सेवाको विश्वास मान्न छाडेका छन् डाक्टर गौतमले स्वास्थ्यकर्मीहरुलाई भने,“सरकारका प्रतिनिधि हामी कर्मचारी भएकाले जनताको विश्वास दिलाउन सक्नु हाम्रो कर्तव्य हो ।” सिमित साधन श्रोतले स्वास्थ्यको सेवा प्रवाह गर्न हामीलाई बाध्यता भएपनि कार्यालयमा बसेर सुचना मात्रै प्रवाह गरेर भएपनि सेवा प्रवाहमा काम गरौ डाक्टर गौतमले थपे। 
 
जिललाई नवजात शिशु तथा वालरोग नियन्त्रण गर्न ग्रामिण क्षेत्रका अहेवहरुलाई तालिम प्रदान गरिएको थियो । गाँउमा डाक्टरको भुमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीहरुले यो तालिमबाट सिकेको सिपलाई अक्षरस व्यवहारमा उतार्न र सिकेको बिषय आफ्ना साथीहरुलाई शेयर गर्न पनि डाक्टर गौतमले आग्रह गरे । बर्षायाममा हुन सक्ने झाडापखला, रुघाखोकी लगायत अन्य भाइरल रोगका कारण संक्रमण फैलन सक्ने भएकाले सबै स्वास्थ्यकर्मीहरु सचेत रहन समेत जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 
नवजात शिशु जन्मदै निस्सासिने, कम तौल भई जन्मिएको, शिताङ्ग हुने र अन्य संक्रमणबाट पनि शिशुको मृत्यु देखि अपाङ्ग हुने समस्यालाई घटाउन यो तालिमको आयोजना गरिएको वालिङ प्रथामिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कृष्णराज अधिकारीले जानकारी दिए । जन्मजात शिशुमा झाडापखला, निमोनिया, कानको समस्या, कुपोषण जस्ता लक्ष्यणहरु देखा पर्ने भएकाले सकेसम्म घरमै सुत्केरी हुन भन्दा पनि स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन ग्रामिण क्षेत्रका महिलाहरुलाई उत्प्रेरण जगाउन तालिमले महत्वपूर्ण भुमिका खेल्ने आशा व्यक्त गरिएको छ । सरकारले नवजात शिशु र वालरोगबाट मृत्यु हुने संख्या घटाउन २०१५ भित्र १६ प्रतिशतमा झार्ने लक्ष्यका साथ अगाडी बढेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक कमलप्रसाद पाण्डेले बताए । गएको आर्थिक बर्षमा स्याङ्जामा ७ शिशुले जन्मदै ज्यान गुमाउन परेको थियो । घरमा भन्दा पनि संस्थागत सुत्केरी गराउने अभियान सफलता मिलेमा आगामी बर्षमा स्याङ्जामा शिशु मृत्युदर शुन्यमा झर्न सक्ने स्वास्थयकमीहरु बताउछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ