arrow

गृह सचिवसहित सशस्त्र र नेपाल प्रहरीका महानिरीक्षक पुरस्कृत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत ८ आइतबार
np-apf.jpg

काठमाडौं ।बेरुजु फर्छ्यौटमा उत्कृष्ट भूमिका देखाएको भन्दै गृह मन्त्रालयले गृह सचिवसहित तीन सहसचिव तथा सशस्त्र र नेपाल प्रहरी महानिरीक्षकलाई पुरस्कृत गरेको छ । 

आइतबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रामहादुर थापाले गृह सचिव महेश्वर न्यौपाने, सहसचिवहरू जनकराज दाहाल, द्रोण पोखरेल र श्रवणकुमार तिमिल्सिना, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई पुरस्कृत गरेका हुन् ।

तत्कालीन नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आफ्नो कार्यकालमा सबैभन्दा धेरै ९९ दशमलव ९८ प्रतिशत बेरुजु फर्छ्यौट गरेका थिए । गृह मन्त्रालयका अनुसार उनले जम्मा ४५ करोड ६१ लाख रुपैयाँ फर्छ्यौट गरेका हुन् । 

यसै गरी दोस्रोमा सहसचिव जनकराज दाहाल ९४ दशमलव ४९ प्रतिशत र तेस्रोमा नेपाल प्रहरीले ९१ प्रतिशत बेरुजु फर्छ्यौट गरेको हो ।  मन्त्रालय र मातहतको जम्मा बेरुजु २ अर्ब १६ करोड रहेकोमा २०७७ असार मसान्तसम्ममा १ अर्ब ६६ करोड फर्छ्यौट भएको हो । 

जसमा रकमका हिसाबले सबैभन्दा धेरै नेपाल प्रहरीले ८० करोड ५९ लाख रुपैयाँ भन्दा बढी रकम फर्छ्यौट गरेको छ । यस्तै रकमका हिसाबले सबैभन्दा थोरै रकम बेरुजु सशस्त्र प्रहरीको थियो । उसको जम्मा बेरुजु ११ करोड २६ लाख रुपैयाँ रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ