arrow

नेपाल टेलिभिजनमा फेरि बबण्डर, मन्त्री र अभियोगी महाप्रबन्धकको राज, कर्मचारी आन्दोलित

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
958045418.jpeg
काठमाडौं । ओली सरकारमा सहभागि मन्त्रीहरु एक पछि अर्को गर्दै चर्चामा आइरहेका छन् । देश आर्थिक संकट र सु–शासनको संकटमा फसिरहेका बेला सरकारका कुनै मन्त्री अन्धो राष्ट्रवादका नाउमा चर्चा कमाई रहेका छन् भने कोही कसैका कारण देश असफल हुन लागेको र आफुहरुले बचाउने अभिव्यक्ति दिइरहेका छन् । 
 
यस्तै, संचार मन्त्रालय र प्रवक्ताको जिम्मेवारी पाउने संचारमन्त्री फेरि एक पटक अधिक चर्चा पाउने निश्चित छ । सूचना संचार तथा प्रविधिमन्त्री शेरधन राईले भ्रष्टाचार र ठगिको अभियोग लागेर मन्त्रालय तानिएका नेपाल टेलिभिजन महाप्रबन्धक लक्ष्मण हुमागाईलाई काममा फर्काएपछि संस्थानमा खैलाबैला मच्चिुएको छ । हुमागाई काममा फर्किएपछि संस्थानका कर्मचारीहरु फेरि आन्दोलित भएका हन् । 
 
भ्रष्टाचार अभियोग लागेर अख्तियारको पन्जामा परिसकेका हुमागाईलाई काममा फर्काइएको भन्दै आइतबार साँझ संस्थानका कर्मचारीहरुले टेलिभिजनमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । नेपाल टेलिभिजन कर्मचारी युनियनको अगुवाईमा पत्रकार महासंघ प्रतिष्ठान शाखा र प्रेस युनियन प्रतिष्ठान शाखामा आवद्ध कर्मचारीहरुले तालाबन्दी गरेका हुन् । यसअघि बनेको छानविन समितिले समेत दोषी ठहर गरिसकेका हुमागाईलाई कुनै पनि हालतमा काममा फर्काउन नहुने भन्दै कर्मचारी आन्दोलित भएको युनियन अध्यक्ष गोविन्द धितालले बताए । 
 
हुमागाईले करोडौं भ्रष्टाचार गरेको र जाली बैंक स्टेटमेन्ट देखाएर कारोबार गरेर संस्थानलाई ठगि गरेको अभियोगमा निलम्बनमा समेत परिसकेका छन् । हुमागाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको छ । वर्तमान सरकारले पूर्णता नपाउँदै विभिन्न विवादहरु झेलिरहेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ