arrow

सानुकाजीको रोचक बालकथा 'बुँख्याःचा' प्रकाशित

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
Sanukajiko-Bunkhyacha_Desing.jpg

काठमाडौं । लेखक रत्न प्रजापतिको नयाँ बालकथा सानुकाजीको बुँख्याःचा प्रकाशित भएको छ । उपत्यकाको नेवार किसानको पारिवारिक परिवेशमा हुर्किरहेको बालकको यो कथा निकै नै आकर्षक छ ।

राजकुमार प्रजापतिका लोभलाग्दो चित्रले कथालाई झनै रोचक बनाइदिएको छ । कथा किसान तुइकाजी दाइचाको ९/१० वर्षको एकदमै जिज्ञासु छोरा सानुकाजीबाट सुरु हुन्छ । तुइकाजी जीवजन्तुबाट धान जोगाउन  खेतको बीचमा बुँख्याःचा राख्छन्। मान्छेजस्तै देखिने सानुकाजीकै लुगा लगाएको बुँख्याःचा देख्दा सानुकाजीलाई सुरुमा त अचम्म लाग्छ। 

तर यो बुँख्याःचा मान्छेजस्तो देखिने मात्रै हैन सानुकाजीसँग मान्छेजस्तै गरी बोल्न थाल्छ। त्यसपछि सानुकाजी र बुँख्याःचाबीच मित्रता बढ्दै जान्छ। उनीहरू मिलेर गाईबस्तु र चराचुरुङ्गीबाट धान जोगाउने योजना बनाउँछन्।  बालमानोविज्ञानका लागि अत्यधिक रुचाइने किसिमले तयार पारिएको यो कथा कथालय ईंकले बजारमा ल्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ