arrow

शिक्षक पार्टीको कार्यकर्ता बनेपछि विद्यार्थीको भविष्य अन्योलमा

logo
लोकेन्द्र विश्वकर्मा,
प्रकाशित २०७७ चैत १० मंगलबार
karnali-teacher.jpg

कर्णाली । पछिल्लो समय कर्णालीका धेरै शिक्षकहरू राजनीतिकमा सक्रिय बन्दै गएका छन् । विद्यालय जस्तो पवित्र स्थानमा फोहोरी राजनीतिक आस्था प्रवेश गराएर लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा पारिदिएका छन् ।

उसोत कर्णालीका विद्यालयहरू कुनै पार्टी कार्यालय भन्दा फरक नपर्ला । शिक्षकहरू विद्यालयमा आएपछि विद्यार्थीलाई राजनैतिक आस्थाका विषयमा गुणगान गाउन लगाउँछन् । अनि हरेक विद्यालयमा अनेरास्ववियु, नेबिसंघ, क्रान्तिकारी बिद्यार्थीहरु सङ्गठन नभएको बिरलै भेटिन्छन् ।

सोमवार, प्रदेश नम्बर ५ कोहरपुरको एउटा होटेलमा जाजरकोट शिवालय गाउँपालिका- ७ मा अवस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर खत्री, वीरेन्द्र माविमै स्थायी शिक्षक तिलकबहादुर खत्री, शिवालय गाउँपालिकामा करार कर्मचारीका रूपमा कार्यरत छत्र हमालले होटेलमै एक स्थानीय कृष्ण शाहीलाई नेपाली काङ्ग्रेसबाट नेकपा एमालेमा प्रवेश गराए ।

प्रवेश ठुलो कुरा होइन, व्यक्तिको आस्था विचार जुन पार्टीको पनि हुन सक्छ र हुन्छ । उक्त व्यक्तिलाई नेपालको संविधानको धारा १७ पढ्न सक्ने अक्षरमा लेखिएको छ ।“विचार र अभिव्यक्तिको स्वतन्त्रता”

प्रश्न यहाँ उब्जिएका छन् । एक जिम्मेवार शिक्षक मात्र होइन प्रधानाध्यापकै विद्यालय बन्द अवस्थामा राखेर पार्टीको कार्यक्रम हिँडिरहेका छन् । तीनै शिक्षकहरूले विद्यार्थी र स्थानीयलाई फोहोरी राजनीतिकको परिभाषा सिकाई रहेका छन् । आफूले बल गरेर आफ्नो पार्टीका गुणगान गाउन लगाई रहेका छन् ।

यता प्रधानाध्यापकै राजनीतिकको झोले बनेपछि उक्त विद्यालयको अवस्था के छ होला ? गम्भीर प्रश्न ! सम्बन्धित निकायले यस्तो हर्कत गर्नेलाई कारबाही गर्छ ? प्रश्न फेरी उब्जिन्छ । ती प्रधानाध्यापक र शिक्षकहरू नमुना मात्र हुन । पछिल्लो कर्णालीका अधिकांश शिक्षकहरू पार्टीमा सक्रिय बन्दै गएका छन् ।

विचार अभिव्यक्तिको स्वतन्त्रता छ । स्थानीयले बुझ्ने भाषामा यो पनि छ होला ? विद्यालय जस्तो पवित्र ठाउँमा राजनीतिकले भरिभराउ गर्न मिल्छ ? । बिहान बेलुका मजदुरी गरेर आफ्ना छोरा छोरीहरूलाई विद्यालय पठाउने कर्णालीका अभिभावकहरू चिन्तामा परेका छन् ।

अघिल्लो फागुन महिनाको अन्तिम साता जाजरकोटको बारेकोट- ४ मा अवस्थित श्री गोरख प्राविका प्रधानाध्यापक मीनराज सिंह नेपाली काँग्रेसको शिक्षक सङ्गठन नेपाल शिक्षक सङ्घमा प्रवेश गरे । शिक्षकहरूलाई शिक्षकद्वारा एक अर्काको पार्टीमा प्रवेश गर्ने कार्य जारी नै छ । तर कर्णालीका थुर्पै शिक्षकहरू पार्टीको झोले बन्न पुगेका छन् । लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको बुद्धिजीवी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ