arrow

शे फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाई फाइ सेवा

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
world-link-shey_phoksundo-lake-internet.jpg

काठमाडौँ। “सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने” आफ्नो मुख्य उद्देश्य लाई अनुसरण गर्दै वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाई फाइ चैत्र ८ गतेबाट सुरु गरेको छ। नेपालको प्रमुख ताल मध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करिब ३६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्ला अन्तर्गत, नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुन्डो ताल जसलाई विश्वभर शे फोक्सुन्डो तालको नामले समेत चिनिन्छ। हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठुलो ताल हो। यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ।

निःशुल्क वाई फाइ सेवाको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले सेवा सुरु गरेका हुन्। उद्घाटन समारोहमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल शे फोक्सुन्डो गाउँपालिका वडा नं ८ का वडा प्रमुख  निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ती उपस्थित थिए।

सो उद्घाटन समारोहमा बोल्दै वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने, “नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्त्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प नभएको बताए, गाँस बास कपास सँग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवन लाई परिवर्तन गर्न सक्छौ, सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञान हासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाँटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ।

आफू डाक्टर नभए पनि इन्टरनेट बाटै एक जना बिमारीको लागि आफ्नो डाक्टर साथी सँगको सल्लाहले बिमारीको उपचार फोक्सुन्डोमै गरेको अनुभव बताउँदै, उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पा जिल्ला सम्म फाइबर विस्तार गर्न तयार रहेको तर सो का लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्ने बताए। फोक्सुन्डो सम्म इन्टरनेट पुर्‍याउन वर्ल्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको छ, अध्यक्ष अग्रवालले भने 'अव हामी फाइबर जडानको लागि योजना तयार गर्छौ।'

कर्णाली प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताए, यहाँ उपलब्ध प्रचुर सम्भावनाको प्रयोग गर्न नसिकिएको हुनाले सोको विश्व बजारमा पहिचान गराउन सके मात्र पनि यो प्रदेशको कायापलट हुने उनको भनाइ थियो। यस प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व बजारमा पुर्‍याउने माध्यम सूचना प्रविधि पनि एक हो, विकट स्थानमा बसोबास गरेका जनतालाई विश्व समुदाय समक्ष जोडन सूचना र प्रविधि महत्त्वपूर्ण हुने तर नाफा मूलक सेवाको सम्भावना कम भएकोले अन्य सेवा प्रदायकहरूको कम चासो रहेका वेला सेवामूलक कार्यमा वर्ल्डलिंकले देखाएको अग्रसरताले  सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घर परिवार, साथी भाइ सँग जोडिने तथा सम्पर्क विच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेमा आफू विश्वस्त रहेको तथ्याङ्क रारा महोत्सवले स्पष्ट पारेको मुख्यमन्त्रीको भनाई थियो।

कर्णाली प्रदेशले कर्णाली पर्यटन वर्ष घोषणा गर्दा रारा तालबाट प्रधानमन्त्रीबाट वर्ल्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवाबाटै पर्यटन वर्षको उद्घाटन भएकोमा आजसम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै सेवालाई गुणस्तरीय बनाउन फाइबरका लागि प्रदेश सरकार तयार रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ