arrow

बारेकोटमा भीरबाट लडेर कालीबहादुरको मृत्यु

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
kali-bahadur.jpg

खलङ्गा । जाजरकोटको बारेकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट – ६ माथिल्लो ताँसीका कालीबहादुर विक रहेको स्थानीय अविनाश विकले जानकारी दिए ।

उनका अनुसार कामबाट फर्किने क्रममा ताँसीकै डाँडाहलाले भीरबाट लडेर आठ गते घाइते भएका थिए । घाइते कालीबहादुरलाई उपचारका लागि चौरजहारी, लिइएको थियो ।

उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा बुधवार माथिल्लो ताँतीमै मृत्यु भएको थियो । कालीबहादुरका पाँच छोरी दुई छोरा र श्रीमती छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ