arrow

डोटीमा होली डेउडा प्रतियोगिता शुरु

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
deuda.jpeg

डोटी । फागुपूर्णिमाका अवसरमा विशेष होली देउडा प्रतियोगिता बुधवारबाट शुरु भएको छ ।  यहाँको जोरायल गाउँपालिका-५ स्थित त्रिवेणी युवा समाजको आयोजनामा गाउँपालिकास्तरीय खुल्ला होली देउडा प्रतियोगिता शुरु भएको हो । उक्त प्रतियोगिताको त्रिवेणी युवा समाजका अध्यक्ष निर्मलकुमार भाटले बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरे ।

सो अवसरमा उनले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा सबैले सहयोग गर्न जरुरी रहेको बताए । उनले भने, “कला संस्कृतिको जर्गेना गर्नुपर्छ भन्ने मान्यताले हामीले होली प्रतियोगिता आयोजना गरेका छौँ । सबैले सहयोग गरे यहाँको कला संस्कृतिको जर्गेना हुनेछ ।”

उक्त प्रतियोगितामा १२ समूहले नाम दर्ता गराएका छन् ।  कला र संस्कृति संरक्षणका लागि आयोजना गरिन लागेको उक्त होली प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १५ हजार, द्वितीय हुनेलाई रु चार हजार ५०५ तथा तृतीय हुनेलाई रु दुई हजार ५०५ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । होली देउडा पूर्णिमाको दिनसम्म सञ्चालन गरिने छ ।

 सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकले होली देउडा पछिल्लो समय प्रतियोगिताका रुपमा खेल्दै आएका छन् । जिल्लाको पूर्वीचौकी, आदर्श, जोरायललगायतका स्थानीय तहमा होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ भने महिला रातो सारी कम्मरमा सेतो पटुका बाधेर खेल्ने चलन रहेको पूर्वीचौकी गाउँपालिका सानागाउँका स्थानीयवासी नरेन्द्रबहादुर खड्काले जानकारी दिए । पुराना वीरयोद्धाका गाथामा आधारित गीत समेटेर यहाँ होली खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ