arrow

सिरहामा फेरि निषेधित क्षेत्र घोषणा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
62155761.jpeg
लहान । सिरहाको स्थानीय प्रशासनले जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँबायाँ क्षेत्रमा अहिले साँझ ७ बजेदेखि लागू हुने गरी पुनः निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीय प्रशासनले गत कात्तिक ३ गतेदेखि जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँबायाँ क्षेत्रमा लगाएको निषेधित क्षेत्र हटाएको थियो । 
 
सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार अर्को आदेश नभएसम्मका लागि आज साँझ ७ देखि बिहान ५ बजेसम्म सिरहाको कमला नदीदेखि बलान नदीसम्म निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए ।  
 
चाडपर्वको अवधिमा आन्दोलन केही खुकुलो भएपछि सुरक्षाकर्मीको सुरक्षाघेरा वीच रातको समयमा सवारीसाधनसमेत गन्तव्यतर्फ पठाइएको भन्दै मधेसी मोर्चाका कार्यकर्ता सिरहाको लहान, गोलबजार, मिर्चैया क्षेत्रमा रातिसमेत सडकमै पाल टाँगेर बस्न थालेपछि मानवीय क्षति रोक्न पुनः निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ विकले उल्लेख गरे ।  
 
मोर्चाले सिरहाको लहानमा पत्रकार, अधिकारकर्मी र नागरिक समाजका अगुवासँग छलफल गरी आन्दोलन शान्तिपूर्ण रहने र आन्दोलनलाई बृहत् बनाउन सबैलाई सघाउन आग्रह गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ