arrow

निषेधाज्ञा उलङ्घन गर्दै ओली निकट युवा सङ्घको भेला महेन्द्रनगरमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
um-yuba-.jpg

कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको निषेधाज्ञा उलङ्घन गर्दै नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सङ्घले महेन्द्रनगरमा भेला गरेको छ ।

कोरोना भाइरस नियन्त्रणको नाममा फागु होली समूहमा नखेल्न, सभा सम्मेलन, भेला, महोत्सव, मेला नगर्न भन्दै चैत १० गते कञ्चनपुरका सिडिओ रामकुमार महतोले सूचना जारी गरेका थिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको सूचनाको बर्खिलाप गर्दै सत्ता पक्षीय युवा सङ्घले आज शुक्रवार महेन्द्रनगरमा बृहत् भेलाको आयोजना गरेका छन् ।

आफैले जारी गरेको निषेधाज्ञा जस्तै सूचनाको बर्खिलाप गरिए पनि सिडिओ महतो भने मौन देखिए उनकै संरक्षणमा कार्यक्रम आयोजना गरिएको त होइन स्थानीय बताउँछन् ।

सर्वसाधारण नागरिकलाई कोरोनाको त्रास देखाउँदै निषेधित सूचना निकाल्ने सिडिओ महतोले सत्ताको आडमा सदरमुकाममै बृहत् सभाको आयोजन गर्दा भने बेखबर देखिए । सो विषयमा बुझ्न सिडिओ रामकुमार महतोलाई फोन गर्दा सम्पर्क हुन सकेन ।

शुक्रवार महेन्द्रनगरका राष्ट्रिय युवा सङ्घ कञ्चनपुरको भेला सुरु भएको हो । भेला तथा जिल्ला कमिटी घोषणा तथा शपथ ग्रहण कार्यक्रमको राष्ट्रिय युवा सङ्घका सङ्गठन विभाग प्रमुख महेश बस्नेतले उद्घाटन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ