arrow

भारतद्धारा १५ वटा छात्रवृत्ति प्रदान

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
anuradha-koirala2.jpg

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राकी श्रीमती पूजा क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थीहरु वा उनीहरुका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गरेकी छिन् । 

‘आजादीका अमृत महोत्सव’ भारत सरकारले अघि सरेको पहल अन्तर्गत रहेर श्रीमती क्वात्राले उक्त छात्रवृत्ति प्रदान गरेकी हुन् । सो महोत्सवमार्फत प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासलाई स्मरण गर्दै यसलाई उत्सवका रुपमा मनाइने गरिएको भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

दूतावासले शनिबार शिवपुरी राष्ट्रिय निकुञ्जमा पद्मश्री अवार्डबाट सम्मानित अनुराधा कोइरालाले स्थापना गरेको गैरसरकारी संस्था माईती नेपालसँगको सहकार्यमा दूतावासले सो कार्यक्रमको आयोजना गरेको हो ।

‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत सो पैदल यात्राको आयोजना गरिएको हो । 

बेचबिखनमा परेका पीडित महिलाहरुको उद्घार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पुर्याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ ।

उक्त पैदलयात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाहरुको समेत उपस्थिति थियो । 

भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ । 

सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ । उक्त महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ