arrow

राजविराजमा फेरि गोली चल्यो, एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु, सिडिओ मन्त्रालय तानिए

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
771979961.jpeg
सप्तरी । सप्तरीको सदरमुकाम राजविराजमा फेरि गोली चलेको छ । प्रहरीले चलाएको गोली लागे प्रदर्शनकारी दिलीप साहको मृत्यु भएको छ । उनकी छोरी समेत घाइते भएको र अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
 
बिहान भारदहमा भएको घटनाको विरोधमा आन्दोलनकारी उग्र बनेपछि प्रहरीसँग झडप भएको हो । झपडका क्रममा प्रहरीले गोली चलाउँदा साहको टाउकोमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । घटना पछि राजविराजको अवस्थान तनावग्रस्त बन्यो । यस्तै समाचार संकलनका लागि गएका पत्रकारहरुलाई समेत प्रहरीले दमन गरेको पत्रकार महासंघका सचिव एवं प्रेस युनियनका अध्यक्ष ओमप्रसाद शाहले बताए । 
 
सिडिओ मन्त्रालय तानिए 
सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालयले फिर्ता बोलाएको छ । सप्तरी प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरलाई मन्त्रालय फिर्ता बोलाइएको गृह प्रवक्ता लक्ष्मी ढकालले बताए । ठाकुरले नै म सक्दिन फिर्ता बोलाउनु भनेपछि फिर्ता बोलाइएको ढकालले प्रष्ट्याए । यद्यपि, ठाकुरले सुरक्षा निकायबीच समन्वयकारी भूमिका खेल्न नसकेकै कारण मन्त्रालय तानिएको चर्चा भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ