arrow

हवाईजहाजमा एल्बम विमोचन गरेर विश्व कीर्तिमान

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
world-book-record.jpg

काठमाडौँ । वरिष्ठ गीतकार हरि गोपाल प्रधानले हवाईजहाजभित्र आफ्नो  एल्बम विमोचन गरेर विश्व कीर्तिमान राखेका छन् ।  प्रधानले हवाईजहाजभित्र  साङ्गीतिक एल्बम 'यो मुटुमा साधैभरि' विमोचन गरी 'वर्ल्ड बुक अफ रेकर्डस्' मा कीर्तिमान कायम गरेका हुन् ।

काठमाडौँ देखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र छत्तीस हजार फिटको उचाइमा उनको  एल्बम  विकास राज्यमन्त्री रामवीर मानन्धरले  विमोचन गरेका थिए ।

सो कीर्तिमानको प्रमाणपत्र उपराष्ट्रपतिको कार्यालय, हरित गृहमा आयोजित कार्यक्रममा गीतकार प्रधानलाई दिइएको छ ।  उपराष्ट्रपति नन्द बहादुर पुनले गीतकार प्रधानलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिएका छन्।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वर्ल्ड बुक अफ रेकर्डस् नेपालका अध्यक्ष सागर कट्वाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला वर्ल्ड बुक अफ रेकर्डस्‌को पीन एवं माला लगाई विश्व कीर्तिमानी गीतकार प्रधानलाई सम्मान गरेका थिए ।

बधाई दिँदै उपराष्ट्रपतिले भने 'संसारमा कसैले नगरेको कार्य गरी विश्व रेकर्ड बनाउने काम आफैमा गार्‍हो काम हो, तपाईँले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ ।'

सहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गीतिक क्षेत्रको नमुना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जरुरी रहेको बताए ।

वर्ल्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कटवालले गीतकार हरि गोपाल प्रधानको अथक मेहनत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिबद्धता जाहेर गरे । साथै गीतकार प्रधानले सबैको साथ सहयोगका कारण आफूले विश्व रेकर्ड राख्न सफल भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ