arrow

सुँगुर मार्ने झिरले रोपेर केशवको हत्या 

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
Killed.jpeg

इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका २ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । 

पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ