arrow

तीन पालिकाका अधिकृतलाई समेटेर मुगुमा पहिलो पटक क्यान समिति 

logo
युद्धबहादुर मल्ल, 
प्रकाशित २०७७ चैत १७ मंगलबार
CAN-mugu.jpg

मुगु । कम्प्युटर नेपाल एशोसिएसन नेपाल –क्यान) को पहिलो पटक मुगु जिल्ला समिति गठन गरिएको छ । 

सोमबार जिल्ला सदरमुकाम गमगढीमा रहेको चन्दननाथ होटेलमा भएको प्रथम भेलाले मोवाईल व्यापारी विष्णु रावतको अध्यक्षतामा ५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरको अध्यक्षतामा भएको भेलाले जिल्ला अध्यक्षमा रावतका साथै सदस्यहरुमा सोवेन्द्र मल्ल, तिर्थराज शाही, दिपक शाही र डिल्लीराज चौलागाईलाई सर्वसम्मत चयन गरेको छ ।

निर्वाचित अध्यक्ष रावत गमगढी बजार रहेको रोमियो मोवाईल होमका संचालक हुन् भने सदस्य सोवेन्द्र, तिर्थराज र दिपक क्रमशः मुगुम कार्मारोङ्क गाँउपालिका, छायाँनाथ रारा नगरपालिका र  जिल्ला प्रशासन कार्यालय मुगुमा सुचना तथा प्रविधि अधिकृतमा कार्यरत हुन् । अर्का सदस्य चौलागाई धौलागिरी सोलार एण्ड ईलेक्टोनिक्स पसलका प्रोप्राइटर रहेका छन् । 

केन्द्रीय अध्यक्षको अध्यक्षता, क्यान उपाध्यक्ष रन्जित पोदान, महासचिव नारायण थापा र क्यान कणाली प्रदेश अध्यक्ष प्रेम प्रकाश चन्दको प्रमुख आथित्यतामा मुगु शाखा विस्तार गरिएको थियो ।

दुर्गम तथा पिछडिएको क्षेत्र भनेर सधै भनिँदै आएको मुगु जिल्लामा क्यानको विस्तारसंगै आगामी दिनमा सुचना र प्रविधिको विकासमा फडको मार्ने र नयाँ समयानुकुल प्रविधि जिल्लामा भित्राउन क्यान मुगुको पहिलो प्राथमिकता रहने अध्यक्ष रावतले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ