arrow

मन्त्रालयको निर्देशन पालना गराउन पालिकालाई पत्राचार

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत १७ मंगलबार
jhapa-education.JPG

झापा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेता पनि झापाका केही विद्यालयहरू मङ्गलवार सञ्चालनमा आए पश्चात् शिक्षा विकास तथा समन्वय इकाई कार्यालय झापाले सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न गराउन सम्बन्धित पालिकाहरूलाई पत्राचार गरेको छ ।

‘बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने परिपत्र गरेता पनि उक्त निर्देशनलाई अटेर गरी झापाका केही विद्यालयहरू सञ्चालनमा आएको सुन्नमा आएकाले तत्काल निर्णय कार्यान्वयन गरी विद्यालय बन्द गर्न पालिकाहरूलाई पत्राचार गरेका छौँ ।’ शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले भने ।

‘सरकारको निर्णय मान्दिन भन्न पाइदैंन, सरकारले विज्ञहरूसँगको परामर्श छलफलबाट यो निर्णय गरेको हो त्यसैले कार्यान्वयन गर्नै पर्छ ।’

प्राप्त सूचना अनुसार मेचीनगर नगरपालिकाका केही विद्यालयहरू सञ्चालन भएको भनी मेचीनगर ७ का ज्ञानेन्द्र निरौलाले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी नै दिएको र त्यसको बोधार्थ शिक्षा समन्वय इकाई लाई समेत दिएको हुँदा मेचीनगरलाई पत्राचार नै गरेर विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय नियमानुसार कार्यान्वयन गर्न भनिएको विकले बताए ।

विद्यालय स्तरको शिक्षाको अधिकार स्थानीय पालिकाहरूलाई भएको र शिक्षा मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्ने जिम्मा पनि पालिकाहरूकै भएकोले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना बताउछ्न् ।

 प्रजिअ तिम्सिनाले भन्छन् ‘जिल्ला शिक्षा समन्वय इकाई मार्फत मन्त्रालयको निर्णय कार्यान्वयन गराउन सहजीकरणको काम गरेका छौँ ।’ साथै यश नियमको अनिवार्य परिपालना गर्न गराउन सबै पालिकालाई निर्देशन समेत गरिएको पत्रमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ