arrow

मालपोतमा बम विस्फोटको आरोपमा यादव र गिरी समातिए

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
siraha-bomb.jpg

लहान । केही दिनअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा मंगलवार सिरहा प्रहरीले दुई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका-५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेको प्रहरीले जनाएको छ ।

गत चैत १ गते मालपोत कार्यालयको पहिलो तल्लामा भएको बम विस्फोटमा एक कर्मचारीसहित आठ घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो ।

 बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो । यसअघि सोही बम विस्फोटमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले लहान नगरपालिका-१८ भदैया निवासी २८ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ