arrow

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
dormani.jpg

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले नाम फिर्ता लिएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेर ६ महिना निलम्बनमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ जना सांसदहरुमध्ये २० जनाले नाम फिर्ता लिएका छन् । 

अझै एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको छ । प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् । 

गत पुस १० गते नेकपा माओवादीको २३ र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।

एमालेका २० जना सांसदले नाम फिर्ता लिएपछि भने पौडेल सुरक्षित रहेका छन् । 

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फुटाएर २०७५ जेठ २ को अवस्थामा पुर्याउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउनु अगाडिसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले ओली निकटका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

फागुन २३ गते सर्वोच्चले उक्त फैसला गरेपछि भने पौडेलविरुद्धको अविश्वासको प्रस्ताव धर्मराएको थियो । 

अविश्वासको प्रस्तावका बारेमा भने सभामुख सानु श्रेष्ठले संसद संचालन गरेर छलफल चलाउनै सकेका थिएनन् । विभिन्न बहाना बनाएर बागमती प्रदेशसभा बैठक स्थगित हुँदै आएको छ ।

यता ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि भने नेपाल–झलनाथ खनाल पक्षले देशैभर एमालेको समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ