arrow

महोत्तरीबाट हराएका सात बालिका-किशोरी भारतको सीतामढीमा भेटिए

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ चैत १८ बुधबार
girlchild-mahottari.jpg

जनकपुरधाम। महोत्तरीबाट हराएका सात बालिका/किशोरी विहारको सीतामढीमा फेला परेका छन्। भारतीय प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको छ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुर  टोल    मङ्गलवार घाँस काट्न जाँदा हराएका ७ बालिका/किशोरी फेला परेका हुन्।

उनीहरू भारतको सीतामढीमा फेला परेको र  अहिले उनीहरूलाई त्यहाँको रेलवे-स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको भंगहा नगरपालिकाका मेयर सञ्जीव साह ले बताए ।

मङ्गलवार दिउँसो घाँस काट्न गएका बेला सम्पर्कविहीन बनेका स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान,  १२ वर्षीया रञ्जना पासवान,  १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान भारतमा भेटिएका छन् ।

घटनाबारे अनुसन्धान गरेर नेपाल प्रहरी तथा सम्बन्धित परिवारलाई उनीहरू जिम्मा लगाउने प्रक्रिया चलिरहेको भारतीय प्रहरीले जनाएको हो।

सीतामढी प्रहरीका अनुसार ती बालिका/किशोरीले आफूहरू गायिका बन्न आएको बताएको छ। साथमा अन्य कोही नभेटिएकाले उनीहरूलाई बेच्न लगिएको वा अपहरण गरेको भनेर भन्न नसकिने सीतामढी प्रहरीको बताएको छ ।

नेपाल फिर्ता आइसकेपछि नेपाल प्रहरीले घट्नाको विस्तृत अनुसन्धान गर्ने बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ