arrow

जनगणनाका लागि पूर्वी नवलपरासीमा माग गरिएको भन्दा करिब छ गुणा बढी आवेदन 

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ चैत १८ बुधबार
Census-Janagadana-nepal.jpg

कावासोती । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि पूर्वी नवलपरासीमा माग गरिएको भन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । पूर्वी नवलपरासीमा गणक र सुपरिवेक्षकका लागि ३ हजार २ सय ६५ जनाको दरखास्त परेको हो । पूर्वी नवलपरासीका  जिल्ला जनगणना अधिकारी जितेन्द्र रानाभाटले जिल्लामामा १ सय ४  सुपरिवेक्षक तथा  ४ सय ६२ गणक माग गरिएको जानकारी दिए । 

पूर्वी नवलपरासीमा लागि माग गरिएको भन्दा अनलाइनमार्फत फारम भर्नेको सङ्ख्या करिब छ गुणा बढी हो । त्यस्तै दरखास्त दिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर रहेको छ ।

रानाभाटले भण्डारीले जिल्लामा जनगणनाका लागि २२००  महिला,  १०६५ पुरुषले अनलाइन फारम भरेको जानकारी दिए । 

जिल्लामा ४ सय ६२ गणक माग गरिएकोमा १६४७ महिला र ७५५ पुरुष गरी २४०२ जनाले आवेदन गरेको रानाभाटले जानकारी दिए । त्यस्तै १०४ सुपरिवेक्षक माग गरिएकोमा १ सय २९ महिला र १ सय ५२ पुरुष गरी २८१ जनाले आवेदन दिएका हुन । त्यस्तै दुवै पदका लागि ४ सय २४ महिला र १ सय ५८ पुरुष गरेर ५ सय ८२ले अनलाइन मार्फत आवेदन दिएका छन् ।

जिल्लामा राष्ट्रिय जनगणनाका लागि जिल्ला जनगणना कार्यालय यस अघि नै  स्थापना गरेर काम सुरु गरिसकिएको छ । जनगणनाका लागि आवश्यक सुपरिवेक्षक र गणकहरूको नियुक्ति पछि तालिम सञ्चालन हुने र २०७८ वैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधिमा सुपरिवेक्षकहरू द्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि अषाढ ८ सम्म १५ दिनको अवधिमा गणकहरूबाट मूल गणनाको काम हुने र अषाढ ८ गते जनगणना दिवस मनाउने गरी काम हुने रानाभाटले बताए ।

राष्ट्रिय जनगणना देशै भर एक साथ २०७८ जेठ २५ बाट सुरु भएर असार ८ गते सम्पन्न हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ