arrow

एसिड पीडित आरतीको पिडा - 'मर्नु न बाच्नु भएकी छु'

औषधी किन्न नसक्ने अवस्थामा आरती

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ चैत १८ बुधबार
aarati-saha.JPG

जनकपुरधाम । एसिड पीडित आरती साहको आर्थिक अवस्था कमजोर भएर औषधी किन्न नसक्ने अवस्थामा पुगेकी छन् । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले सहयोग नगरेपछि आरतीको औषधी बन्द हुने अवस्थामा पुगेको हो ।

कार्तिक २९ गते आरतीको धनुषाको सबैला नगरपालिका वडा नम्बर ६ गोविन्दपुर र हाल जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठ घर भएको श्रीमान् सञ्जीव कुमार साहले आरती माथि तेजाब हानेका थिए ।

काठमाडौँबाट १ सय ९ दिनको उपचारबाट फर्केपछि अहिले आरती आफ्नो बुवा आमा सँग जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्दै आएकी छिन ।

 काठमाडौँ बस्दा अस्पतालमा निःशुल्क उपचार भए पनि अन्य खर्च र अहिले औषधिमा लाग्ने गरेको सबै खर्च आरतीको बुवाले गरिरहेका छन् । आरतीका बुवा बजारमा तरकारी बेच्ने काम गर्छन्  ।

'शरीरको दाहिने भाग जलेर कुरूप भएको पीडा त छदै छ । अनुहार हेर्दा आत्मा जलिनै रहन्छ । उपचारमा बुवा ऋणमा डुबे कै छन्' आरती भन्छिन्- 'त्यसमाथि महँगो औषधि, छोरीको पढाइ बुवाले अब तिर्न नसकिने भनेपछि नमर्नु न बाच्नु सरह भएकी छु।'

बाच्ने हिम्मत गरे पनि घाउमा लाग्ने महँगो औषधि बन्द हुने अवस्थामा हुँदा उनलाई अझ पीडा भएको छ । 'अहिले डाक्टर केही नगर्न भने पछि कमाएर खाने स्थिति नहुँदा बुवा आमा माथि बोझ बनेकी छु' आरती रुँदै भनिन्।

अहिले सम्म तीन तह मध्ये कुनै सरकारले केही सहयोग नगरको आरतीले गुनासो पोखिन्। उनी जनकपुरमा साहित्यिक महोत्सव हुँदा प्रदेश सरकारले सम्मान गरे पनि एक पैसा को सहयोग नगरेको बताउँछिन् । सम्मानले मात्रै जिन्दगी चल्दैन जिउने आधार पनि दिनुस् सरकार सँग उनको माग छ ।

अहिलेसम्म जितेर गएको जनप्रतिनिधि कोही पनि भेट्न नआएको पीडितका बुवा सुबोध साहले बताए ।   अधिकार कर्मी गुन्जा रायले भनिन एसिड पीडितको सम्पूर्ण खर्चको जिम्मा सरकारले लिनुपर्ने बताइन् । उनले भनिन्,' तीन तहकै सरकारलाई आग्रह गर्न चाहन्छु यदि एसिड पीडित लाई जिउँदो भएर बसेको देख्न चाहन्छ भने पीडित को सम्पूर्ण खर्चको जिम्मा लियोस् । नभए जीवन भर पारिवारिक , सामाजिक हेला र हेपाइमा बस्ने एसिड पीडित जिउन सक्दैन । उसको पीडा उसैलाई थाहा छ ।'

अहिले आरतीलाई सहयोगको खाँचो छ । एक दुई दिन मै काठमाडौँ अस्पतालमा बोलाएको छ । अहिलेसम्म ऋण काढेर भए पनि खर्च गर्दै आएका आरतीका बुवा अब असमर्थ भएको बताउँछन् अब पटक पटक काठमाडौँ लिएर जाने आउने त्यहाँ बसेर उपचार गराउने खर्च धान्न नसकेको बताउँछन्।  जस कारण आरती औषधि उपचारबाट वञ्चित हुने अवस्थामा छिन । आरतीका पति अहिले पूर्व पक्षको लागि जेलमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ