arrow

मण्डला थिएटरमा सयको टिकट काटेर कथा सुन्न पाइने

logo
प्रकाशित २०७३ असार ११ शनिबार
mandala.jpg.jpeg
काठमाडौँ । अनामनगरस्थित मण्डला थिएटरमा आज दर्शकले रु एक सयको टिकट काटेर कथा सुनेका छन् । 
 
बुक लभर्स नेपालको आयोजनामा अब हरेक ४० दिनको अन्तरालमा बिदाको दिन पारेर गरिने कथावाचन कार्यक्रममा यसरी नै टिकट काटेर कथा सुन्नुपर्ने हुन्छ । ‘कथाक्रम’को पहिलो शृङ्खलाअन्तर्गत आज नयनराज पाण्डे र लेनिन बन्जाडेले आ–आफ्ना एक–एक कथा सुनाए । 
 
पाण्डेले ‘राजा इन्द्रलाई थाहा छ’ कथा सुनाए  । उनको यस कथामा काठमाडौँका नेवार समुदायका केही ‘मिथक’ समेटिएको छ । त्यस्तै, बन्जाडेले वाचन गरेको कथा ‘अफेयरगञ्ज’मा दर्शकले बढी मनोरञ्जन लिए । उनको कथामा विवाहित पुरुषले ‘गर्लफ्रेन्ड’ (प्रेमिका) राख्ने प्रवृत्तिलाई समेटिएको छ । 
 
बुक लभर्स नेपालका अध्यक्ष विवेक मिश्रले कविता वाचन गर्ने परिपाटी विद्यमान भए पनि आफूहरुले त्यसभन्दा अघि बढेर कथा वाचनको परिकल्पना ल्याएको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ