arrow

सुगम पोखरेलको गीतमा टिकटक बनाए स्मार्टफोन पाइने

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
sugam-song.jpg

काठमाडौं । गायक सुगम पोखरेल तथा गायिका सोना अमात्यको स्वरको नयाँ यूगल गीत ‘मेरो माया करोडमा’ ले टिकटक प्रतियोगिता सञ्चालन गरेको छ ।

दुई दिन अघिदेखि प्रारम्भ भएको उक्त प्रतियोगिता वैशाखको पहिलो सातासम्म सञ्चालन हुनेछ ।

दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीतको टिकटक प्रतियोगितामा सहभागिता जनाउन उक्त गीतको कुनै पनि अंशमा टिकटक गर्नु पर्ने नियम नियम बनाएको छ ।

त्यसबहेक टिकटक पोस्ट गर्दा गीतकी गायिका सोना अमात्यलाई मेन्सन गर्नु पर्नेछ र ती टिकटक भिडियोहरु सोसियल मेडियाबाट पार्टीसिपेन्ट नम्बरसहित आयोजक टिमले शेयर गर्नेछन् ।

विजेतालाई स्मार्टफोन दिइने बताइएको छ भने आगामी म्युजिक भिडियोमा अभिनय समेत गराइने बताइएको छ ।

प्रतियोगिताको विजेताको घोषणा गायिका अमात्यको नयाँ गीत सोच बेलैमा…को सार्वजनिककरण कार्यक्रममा गरिने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ