arrow

अप्रिल फुल, कहिलेदेखि थालियो मनाउन ?

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
april-fool-day.jpg

काठमाडौं । बिहीबार चैत १९ गते अप्रिल फुल । हरेक वर्षको अप्रिल पहिलो तारिखमा अप्रिल फुल मनाउने चलन छ । यो दिन एकले अर्कोलाई झुक्याएर खुशी मनाउने चलन रहेको छ । 

यसदिन झुठो बोले पनि छुट हुने मान्यता रहँदै आएको छ । विशेषगरी बालबालिकाहरु अप्रिल फुल मनाएर खुशी हुने गर्छन् । युवामाझ यो दिन झुठो बोलेर दुःख दिने गरेको पनि पाइएको छ । 

नेपालमा एकले अर्कालाई विश्वास गर्ने वातावरण घट्दै गइरहेको अवस्था सिर्जना हुँदै गएको छ । राजनीतिक माहोल अस्थिर बन्दै जाँदा विश्वासको वातावरण पनि घट्दै गइरहेको छ । 

नेताहरुले गर्ने बाचाहरु झुठो सावित हुँदै गएका छन् । प्रतिवद्धता तोडिएका छन् । अर्थात् नेताहरुले जनतालाई हरेक दिन अप्रिल फुल मनाउँदै आएका छन् । 

कहिलेदेखि थालियो यो मनाउन ? 
अप्रिल फुल मनाउन कहिलेदेखि थालियो भन्ने यकिन छैन । तर इतिहासकारहरुका अनुसार अप्रिल फुलको शुरुआत सन् १५८२ देखि भएको हो । फ्रान्समा जुलियन क्यालेन्डरको सट्टा ग्रेगोरियन क्यालेन्डर अपनाइएको थियो । 

जुलियन क्यालेन्डरमा हिन्दू नववर्ष जस्तै मार्चको अन्त्य या अप्रिलको शुरुआतमा वर्ष शुरु हुने गर्छ । अर्थात् अप्रिल १ को वरिपरि । ग्रेगोरियन क्यालेन्डर अर्थात् जनवरीदेखि डिसेम्बर । क्यालेन्डर बदल्ने जानकारी जसलाई ढिला गरी पुग्यो त्यो मार्च अन्तिम वा अप्रिल पहिलोसम्म रहेको थियो । 

उनीहरुले त्यही अप्रिल १ मै नयाँ वर्ष मनाउन थाले । यो मजाक पनि बन्यो । ठट्टाहरु पनि बनाइयो । चुड्किला पनि बने । 

त्यसलाई अप्रिल फुलको रुपमा लिइयो । कागजका माछा बनाएर पछाडि राख्न थालियो । त्यसलाई अप्रिल फिस पनि भन्न थालियो । त्यो फिस सजिलै शिकार हुने गर्दथ्यो । 

इतिहासकारहरु आनन्द लिनका लागि अप्रिल फुललाई ‘हिलेरिया’ शब्दसँग पनि जोड्न थाले । यसलाई सिबेल समूदायका मानिसले मार्चको अन्त्यमा प्राचिन रोममा मनाउन थालियो । एक अर्काको भेष बदलेर त्यहाँका प्रमुख सम्मको मजाक उडाउन थालियो । 

यसलाई इजिप्टको प्राचीन प्रसङ्गमा जोड्न थालियो । अप्रिल फुलको सम्बन्धलाई कसैले बसन्त ऋतुको आगमनसँग पनि जोडेर हेरेको पाइन्छ । प्रकृतिले मौसम बदलेर मानिसलाई मूर्ख बनाइरहेको प्रसङ्ग पनि जोडिन्छ । 

बेलायतमा १८ औं शताब्दीमा मनाउन थालियो । स्कटल्याण्डमा यो दुई दिने परम्परा बन्यो । हन्टिङ द गौक भनेर मूर्ख व्यक्तिको शिकारका रुपमा मनाउन थालियो । 

अप्रिल फुल समय बदलिँदै जाँदा मिडियामा पनि चर्चित हुन थाल्यो । सन् १९५७ मा बीबीसीले स्वीस किसानले चाउचाउ फलाएको सन्दर्भ राखेर रिपोर्ट बनायो । हजारौंले बीबीसीमा फोन गरेर सोध्न थाले । 

सन् १९९६ मा फास्ट फुड रेस्टुरेन्ट चेन ट्याको बेलले फिलाडेल्फियाको लिबर्टी बेल किनेको र उसको नाम ट्याको लिबर्टी बेल राखेको भनेर मानिसलाई मूर्ख बनाएको थियो । 

गुगलले समेत टेलिप्याथी सर्चदेखि लिएर गुगल म्यापमा प्याकमेन खेल्नेसम्मको घोषणा गरेर बेबकुफ बनाएको छ । 

सन् १९६४ मा अप्रिल फुलका नाममा भारतमा चलचित्र नै बन्यो । उक्त फिल्मको गीत ‘अप्रिल फुल बनाया, उनको गुस्सा आया’ गीत अझै पनि लोकप्रिय छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ