arrow

चिनियाँ खोप ४० देखि ५४ वर्ष उमेर समुहका नागरिकलाई लगाइने

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
chiness-vaccine-pm-oli.jpg

काठमाडौं । चीनले अनुदान स्वरुप दिएको कोभिड-१९ विरुद्धको खोप ४० देखि ५० वर्ष उमेर समुहका मानिसहरुलाई लगाइने भएको छ । 

चिनियाँ सरकारी स्वामित्वको फारमास्युटिकल ग्रुप अन्र्गतको सिनोफार्मले उत्पादन गरेको खोपको ८ लाख डोज सोमबार नै नेपाल आइपुगेको थियो ।

सोही खोप नेपालमा ४० वर्षदेखि ५४ वर्ष उमेर समुहका मानिसहरुलाई लगाइने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ४० वर्षदेखि ५४ वर्ष उमेर समुहका नागरिकहरुमा खोप लगाइने निर्णय भएको बताएका हुन् ।

यो समुह अन्तर्गतका नागरिकहरुमध्ये पनि कस्ता मानिसहरुलाई (स्वास्थय अवस्था अनुसार) प्राथमिकतामा राख्ने भन्नेबारे राष्ट्रिय खोप समितिले निर्णय गर्ने उनले बताए ।

खोप समितिले निश्चित स्वास्थ्य अवस्था अनुसारका मानिसहरुलाई लगाउन मिल्नेगरी निर्णय गर्ने र सो अनुसार खोप लगाइने भएको छ । नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति पाएको यो खोपलाई विश्व स्वास्थ्य संगठनले भने अनुमति दिन बाँकी छ । 

बुधबार चीनले यो खोपलाई अनुमति दिनेबारे तथ्यांक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई देखाएको थियो । डब्लुएचओले तथ्यांक सकारात्मक देखिएको भन्दै अप्रिलमा यो खोपलाई अनुमति दिनसक्ने देखिएको छ ।

धेरैजसो देशहरुमा भने परीक्षण तथ्यांक सर्वाजनिक नगरेको भन्दै चिनियाँ खोपको प्रयोगमाथि आशंका गरिंदै आएको छ । 

बुधबार श्रीलंकामा पनि चिनियाँ खोप पुगेको छ । तर, त्यहाँका अधिकारीहरुले सुरुमा त्यहाँ भएका चिनियाँ नागरिकलाई लगाउने र विज्ञहरुको समुहले निर्णय गरिसकेपछि मात्रै त्यहाँका नागरिकलाई लगाइने भएको एनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ