arrow

चौध बुँदे घोषणापत्र जारी गर्दै एनआरएन अष्ट्रेलियाको प्रकोप सम्बन्धी सम्मेलन सम्पन्न

logo
प्रकाश हुमागाई
प्रकाशित २०७७ चैत १९ बिहिबार
nrna-australia-disaster-man.jpg

क्यानबेरा । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा प्रकोप र महामारी  सम्बन्धी सम्मेलन चौध बुँदे घोषणापत्र जारी गर्दै राजधानी क्यानबेरामा सम्पन्न भएको छ। एनआरएनए अष्ट्रेलियाको डिजास्टर, इमरजेन्सी एन्ड क्राईसिस म्यानेजमेन्ट टास्कफोर्सको संयोजनमा आयोजित यो सम्मेलनको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले जुममार्फत गरेका थिए । 

सम्मेलनमा प्रकोप ब्यबस्थापन र कोभिड–१९ को महामारीमा अष्ट्रेलियास्थित विज्ञ र पेशाकर्मीहरूले गरेका अनुसन्धान र पेशागत संलग्नता बारे प्रस्तुति दिइएको कार्यक्रमका संयोजक संचारकर्मी डा. भरतराज पौडेलले जानकारी दिए ।

राजदूत दाहालले कार्यदलका संयोजक पौडेल, डा राजु अधिकारी र डा. रामकृष्ण निरौलाद्वारा लिखित नेपाल साइन्स फाउण्डेशन र एनआरएन अष्ट्रेलियाको सयुंक्त पहलमा तयार ूडाईसेक्टिङ दि प्याण्डेमिक कोभिड(१९ू नामक पुस्तकको भर्चुअल लोकार्पण गर्दै तिनै जना सम्पादक तथा आठवटा च्याप्टरमा आ–आफ्ना अनुसन्धान र सोध पस्कने अनुसन्धानकर्ता र लेखकहरूलाई बधाई दिए । 

 एनआरएन आईसीसीका पूर्व अध्यक्ष शेष घलेले जुममार्फत नै कि नोट स्पिच प्रस्तुत गर्दै स्थापनाकालदेखि आपतविपतका बेला नेपाल र डायारस्पोरामा मानवीय तथा आकस्मिक सरसहयोग गर्दै आएकोले पनि प्रकोप र महामारी सम्बन्धी ज्ञान र शिप आदानप्रदान गर्ने यो सम्मेलन झन सान्दर्भिक भएको उल्लेख गर्दै एनआरएनको गरिमा बढाउने काममा आफ्नो सँधै सहयोग रहने बताए। 

एनआरएन आईसीसीकै अष्ट्रेलियास्थित उपाध्यक्ष मन केसीले आफूले नेतृत्व गरेकोआईसीसीकै स्किल नलेज र प्रविधि हस्तान्तरण एवं नीति हेर्ने विभागको लागि यो सम्मेलनको घोषणापत्र पुस्तक र प्रोसिडिङ महत्वपूर्ण हुने भएकोले र अष्ट्रेलियाबाटै यो काम शुरू भएकोमा खुशी ब्यक्त गरे। न्यू साउथवेल्सका लागि नेपाली महाबाणिज्यदूत दिपक खड्काले अष्ट्रेलियाका होनहार नेपाली विद्वानहरूको काम देख्दा आफूलाई सँधै गर्व लाग्ने गरेको बताए । 

सम्मेलनको पहिलो सत्रमा नेपाल साइन्स फाउन्डेसनका राजु अधिकारीले कोभिड–१९ बारेको ब्यालेन्स सिट प्रस्तुत गरेका थिए। डा. रामकृष्ण निरौलाले पुस्तक र सम्मेलनको तयारीबारे यो आवश्यकताले जन्माएको अवसर भएको बताए भने संयोजक पौडेलले आगामी दिनमा प्रकोप र महामारी ब्यबस्थापनको क्षेत्रमा काम गरिरहेका विज्ञ र स्वयंसेवकहरूलाई सँगठित गर्दै नेपाल र प्रवासका नेपाली समाजलाई योगदान दिन सकिने बताए । 

एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले अष्ट्रेलियामा आफ्नो संस्थाले महामारीका बेला पुर्याएको सहयोगको फेयरिस्त प्रस्तुत गरे भने नेपाली दूतावासकी उपप्रमुख द्रुपदा सापकोटाले नेपाल र अष्ट्रेलिया बिचको सम्बन्ध सँगै कोभिड–१९ पछिको समयमा गर्न सकिने काममा आफूहरू केन्द्रित रहेकोले यो सम्मेलन त्यसको लागि कोषे ढुङ्गा साबित हुने भन्दै विशेष प्रस्तुति दिएकी थिइन् । 

तीन चरणमा सन्चालित यो सम्मेलनमा डा. रूपक अर्याल, डा. बन्दिता मैनाली, डा. ज्योती केसी, डा. हेमन्त ओझा, डा. रमेश सुनाम, डा. चन्द्र दिपक पोखरेल, पुनम पन्त, कृष्ण हमाल, डा. होममूर्ति पन्त लगायतले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।  

एनआरएनएका उपाध्यक्ष चुडामणि सापकोटाको स्वागतबाट शुरू भएको कार्यक्रमको अन्त्यमा १४ बुँदे क्यानबेरा घोषणापत्र प्रस्तुत गर्दै डा. राजु अधिकारीले आगामी वर्षदेखि प्रकोप र महामारी सम्मेलन र पुस्तक प्रकाशन गर्दै जाने बताए ।

समग्र कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाली अष्ट्रेलिया नेपलिज जर्नालिष्ट एसोसिएसनका अध्यक्ष हेमन्त काफ्लेले यो सम्मेलनको निचोड नेपाल र नेपालीहरूको लागि उपयोगी दस्तावेज हुने उल्लेख गरे। 

कार्यक्रममा एनआरएन प्रबक्ता नन्द गुरूङ, भिक्टोरिया उपाध्यक्ष प्रेम कँडेल, एनएडिएफ पूर्व अध्यक्ष डिल्ली ढकाल, डाक्टर दुर्गादत्त कँडेल, आइसीसी सदस्य ई राजु अधिकारीले सम्मेलनले मार्ग निर्देशन गरेका बिषयहरू एनआरएनले लागु गर्दै जान सके संस्थाको प्रभावकारीता अझ बढ्ने उल्लेख गरे। 

सम्मेलनमा भागलिन एनआरएन पूर्व अध्यक्ष सुरेन्द्र सिग्देल, एनएडिएफ पूर्व अध्यक्ष बिवेक थापा, डिल्ली ढकाल,बर्तमान अध्यक्ष सुरेन्द्र सापकोटा, उपाध्यक्ष माधव गैरे, हरिभक्त अधिकारी, महासचिव भिष्म भण्डारी, कोषाध्यक्ष प्रज्जवल भट्टराई, मिडिया संयोजक प्रकाश हुमागाई, सदस्य प्रकाश खरेल, बिकाश सापकोटा,जनसम्पर्क समिति एनएसडव्लु अध्यक्ष इथान (थानु) शाक्य, उपाध्यक्ष प्रदीप पाठक, नेपाली कांग्रेस जनसम्पर्क समन्वय समिति सदस्य सुजित सिंह, नेप्लीज अष्ट्रेलियन युथ एसोसिएसन (नया) का अध्यक्ष प्रकाश अर्याल, बिपी कोईराला युवा नेतृत्व बिकाश मन्चका अध्यक्ष रमेश अधिकारी, एनआरएन आईसीसी सदस्य छवि सापकोटा, अरूण ठाकुर, एनआरएन कोषाध्यक्ष अनिल पोखरेल कांग्रेस नेताहरू दिनेशराज जोशी, कन्चन पोखरेल, अशोक सुवेदी, अशोक बस्नेत, निरज श्रेष्ठ, ललित मल्ल, ब्यवसायी राज खनाल, भिम खरेल, तेज कवे, आदर्शजंग पाण्डे, एक्स्पर्ट एजुकेशनका सन्चालक सन्जीव शर्मा, एनआरएन अभियन्ता राजन ढुंगेल, भोमा लिम्वु, जानकी पौडेल, राजु अधिकारी, चन्द्र तिवारी, सामाजिक अभियन्ता बिनोद पौडेल, चन्द्र तिवारी, खुस्बु न्यौपाने पत्रकारहरू ऋषि आचार्य, दिक्पालदेव पंगेनी, बासुदेव मरहठ्ठा, प्रदीप तिमल्सिना, बरिष्ठ व्यक्तित्व नारायण प्रधान, श्री नापित लगायत करिब दुईसयको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ