arrow

भारतद्धारा आधारभूत विद्यालय सुल्तानाको नयाँ भवन निर्माण

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
india-school-building-chitw.JPG

चितवन । भारत सरकारको करोड ८० लाख बढी रुपैयाँको आर्थिक सहयोगमा श्री राष्ट्रिय प्राथमिक विद्यालय, सुल्ताना (पुनः नामाकरण आधारभूत विद्यालय सुल्ताना) मा नयाँ भवन निर्माण गरेको छ । 

नयाँ विद्यालय भवन बुधबार वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत नितेश कुमार र खैरहनी नगरपालिका ७ का वडाध्यक्ष मेनेजर चौधरीले संयुक्तरुपमा उद्घाटन गरे । 

उक्त उद्घाटन समारोहमा भारत र नेपालका प्रतिनिधिहरुलगायत विद्यालय व्यवस्थापन समिति, स्थानीय राजनीतिज्ञ र समुदायका नेताहरू पनि उपस्थित थिए ।

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत अनुदान १२ कक्षा कोठा र सरसफाई सुविधा भएको दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरिएको बताइएको हो । 

उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको सम्झौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो ।

श्री राष्ट्रिय प्राथमिक विद्यालयको स्थापना सन् १९७३ मा सुल्ताना, चितवनमा भएको थियो । यद्पि सन् २००४ को बाढीमा विद्यालय पूर्णरुपले ध्वस्त भएको थियो । 

विद्यालयलाई गरिएको आर्थिक सहयोग समुदायका विद्यार्थीहरूको लाभ र उनीहरूको शैक्षिक अनुभव वृद्धि गर्नेतिर लक्षित रहेको भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्यालय भवन विद्यालयको जरूरतलाई ध्यानमा राखी निर्माण गरिएको छ ।

यस परियोजनाले नेपाल र भारत बिचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै शिक्षा क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको दाबी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ