arrow

प्रिमियर लिग : टोटनह्याम विजयी, वेष्टह्याम ४–१ ले स्तब्ध

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1543725326.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा खेलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाइटेडलाई फराकिलो अन्तरले हराएको छ ।  आइतबार राति आफ्नै मैदानमा टोटनह्यामले वेष्ट ह्यामलाई ४–१ गोल अन्तरले हरायो । टोटनह्यामलाई जिताउन गराउन ह्यारी केनले दुई गोल गरे ।
डिफेन्डरद्वय टोबी अल्डरवेराल्ड र कायल वाल्करले एक–एक गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । जितसँगै टोटनह्याम लिगको अंक तालिकामा १३ खेलबाट २४ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । लिगको शीर्ष स्थानमा रहेका लेष्टर सिटीको २८ अंक छ । २७ अंकको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा छ । तेस्रो र चौथो स्थानमा रहेका म्यान्चेस्टर सिटी र आर्सनलको समान २६–२६ अंक छ । शनिबार राति लिभरपुलसंग हारेपछि म्यान्चेस्टर सिटीको शीर्षता गुमेको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ