arrow

पत्रकार महासंघको निर्वाचनः कर्णाली प्रदेशको नेतृत्वका लागि चारको उम्मेदवारी

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
FNJ-logo.jpg.jpeg

कर्णाली । देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा उम्मेदवार निर्मला शर्मा नेतृत्वको संयुक्त प्यानलबाट विष्णु शर्माले कर्णाली प्रदेश समितिको अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । त्यसैगरी दुवै सङ्गठनबाट नमनकुमार शाही र रत्न कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

त्यसैगरी खुला उपाध्यक्षमा चक्रबहादुर खत्री, नगेन्द्र उपाध्याय र पवित्र शाही, महिला उपाध्यक्षमा कृष्णमाया उपाध्याय र विमला खड्का, महासचिवमा अनन्त बराल, खगेन्द्रप्रसाद भट्टराई र तप्तबहादुर मल्ल, खुला सचिवमा आकाशतारा वयक र दीपक बुढा, समावेशी सचिवमा अशोक राजी, दिनेशकुमार श्रेष्ठ र सन्तोष घर्ती, कोषाध्यक्षमा अशोककुमार सिंह, गणेशकञ्चन भारती र गोविन्द केसीले उम्मेदवारी दिएको प्रदेश निर्वाचन समितिका संयोजक पिताम्बर ढकालले जानकारी दिए । 
 
त्यस्तै, खुला सदस्यमा १७, महिला सदस्यमा छ, आदिवासी–जनजाति सदस्यमा तीन, दलित सदस्यमा दुई र अल्पसङ्ख्यकमा एकको उम्मेदवारी परेको संयोजक ढकालले जनाए । सात पदाधिकारीको सङ्ख्यामा २० जना र १४ जना सदस्यमा २९ गरी ४९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ