arrow

पत्रकार महासंघको निर्वाचनः गण्डकीमा अध्यक्षका चार उम्मेदवार

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
fnj-gandaki.jpg

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ । पत्रकार महासंघ गण्डकी प्रदेश निर्वाचन समितिका अनुसार अध्यक्षमा नारायणप्रसाद शर्मा, दीपेन्द्र श्रेष्ठ, मोहनकुमार विष्ट (आरजु) र एलपी बञ्जरा (लोकनाथ) को उम्मेदवारी परेको हो । 

नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी लगायतको संयुक्त रुपमा शर्माको उम्मेदवारी परेको छ । प्रगतिशील–व्यवसायिक–समावेशी–राष्ट्रवादी समूह तर्फबाट श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिउका छन् । 

उम्मेदवारको प्रकाशित नामावली उपर दावी विरोध चैत २० गते दिउँसो १२ः३० सम्म तोकिएको छ । संघ, प्रदेश र जिल्लाको मतदान एकैपटक चैत २५ गते हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ