arrow

प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्दै

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
ram-bahadur-badal-office.jpg

काठमाडौँ  । प्रधानमन्त्री कार्यालयका लागि अर्को भवन तयार भएपछि हाल प्रधानमन्त्री कार्यालय रहेको भवनमा १ वैशाख देखि गृह मन्त्रालय सर्ने भएको छ  ।  गृह मन्त्रालय  सर्न लागेको भवनको आज गृहमन्त्री रामबहादुर थापा'बादल'ले निरीक्षण गरेका छन् ।

वि.स २०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो । सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको काम कार्यवाही हुँदै आएको थियो ।

डेढ महिना अघि सिंहदरबारको पूर्वी भवनको पुन निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान  सिंहदरबारको पूर्वी भवनमा सरेको छ । अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृह मन्त्रालय सर्न लागेको हो ।

हाल गृह मन्त्रालय रहेको केही भवनहरू पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ