arrow

करोडौँका मालिक हुन् अजय, विमानदेखि बङ्गलासम्म हातमा

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
ajaya-lifestyle.jpg

काठमाडौँ । अजय देवगन बलिउडका सफल पाँच सुपरस्टारहरू मध्ये एक हुन् । २ अप्रिल १९६९ दिल्लीमा जन्मिएका अजयको वास्तविक नाम विशाल वीरू देवगन हो। शुक्रवार अजय आफ्नो ५२ औँ जन्मदिन मनाउदैछन् ।

अजयको नाम आमिर, सलमान, शाहरुख तीन खान र अक्षय कुमारसँगै बलिउडमा आउँछ । सन् १९९१ मा चलचित्र 'फूल और काटे' बाट अजयले बलिउडमा डेब्यू गरेका हुन्। पछिल्लो ३० वर्षमा अजय देवगनले बलिउड चलचित्र उद्योगलाई अरबौँ रुपैयाँको कारोबार गरिदिएका छन्। बलिउडमा उनी एक अभिनेता मात्र नभएर सफल निर्माता पनि हुन्।

अजयका बाबु वीरू देवगन हुन् । वीरू देवगन ८० भन्दा ज्यादा चलचित्रमा एक्सन सिन डाइरेक्टर गरेका छन् । दुई वर्ष अघि अजय मुम्बई फिल्म सिटीमा 'तानाजी' को सुटिङ गरिरहेको बेला वीरू देवगनको निधन भयो । आफ्नी पत्नी काजोलसँग मिलेर निर्माण गरेको फिल्म तानाजी अजय देवगनको लागि यो सयौँ फिल्म थियो ।

सम्पत्तिको कुरा गर्ने हो भने अजयसँग आफ्नै निजी जेट छ। उनीसँग संसारकै सबैभन्दा महँगो कारहरू छन्। अजय देवगनसँग २६० करोड भारतीय रुपैयाँको सम्पत्ति रहेको छ । २०१८ मा उनको वार्षिक आय ३२ करोड थियो। अजय देवगनले दुई वर्षमा १ सय करोडभन्दा बढी कमाई गर्ने फिल्महरू दिएका छन्। जसमा रेड , गोलमाल अगेन, टोटल धमाल, तानाजी जस्ता फिल्महरू छन्।

टोटल धमालमा अजय देवगन आफैले लगानी गरेका थिए । उनी एक फिल्मका लागि २२ करोड बढी शुल्क लिन्छन्। साथै उनी एउटा विज्ञापनको ५ करोड रुपैयाँ लिन्छन्। अजयले यसअघि ६ करोडको आयकर तिरेका थिए ।

अजय देवगन महँगो कारहरूको सौखिन छन्। अजय देवगनसँग मासेराटी क्वाट्रोपोर्ट छ। हाल यस कारको मूल्य पौने दुई करोड भारतीय रुपैयाँ रहेको छ । यस बाहेक उनीहरूसँग रेन्ज रोभर छ। जसको मूल्य दुई करोड रुपैयाँ भन्दा बढी छ।

अजयको मुम्बई मात्र होइन विश्वको सबभन्दा महँगो आवासीय सहर लन्डनमा पनि घर छ। जसको मूल्य ६० करोड छ। उनीसँग मुम्बईमा दुई घरहरू छन्। उनको जुहूमा एउटा अपार्टमेन्ट छ भने अर्को घर मालगारी रोडमा छ। दुवै घरको लागत करिब २५ करोड छ।

अजय देवगनको आफ्नै निजी जेट छ। जसको मूल्य करिब १ सय करोड छ। यस निजी जेटको नाम होकर ८ सय  हो। जसमा उनी आफ्नो परिवारसँग छुट्टी मनाउन जाने गर्छन्।

अजय देवगन फिल्म्स नामको उनको आफ्नै 'प्रोडक्शन हाउस' छ । अजय देवगन फिल्म्स 'प्रोडक्शन हाउस' को मूल्य १ सय करोड भन्दा बढी छ। उनले 'हेलिकप्टर इला' फिल्मलाई आफ्नो निर्माणको ब्यानरमा बनाएका थिए। आउँदो दिनमा उनले अझ धेरै फिल्महरू बनाउने छन्।

अजय देवगन र काजोल सन् १९९९ मा विवाह भएको थियो । उनीहरू  मुम्बई घरमा बस्दै आएका छन् । उनीहरूका दुई सन्तान न्यासा र युग पनि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ