arrow

प्रादेशिक सहकारी ऐन एक हप्ता भित्र बन्छ : मन्त्री साह

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ चैत २० शुक्रबार
mantri-saha.JPG

जनकपुरधाम । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रादेशिक सहकारी ऐन एक हप्ता भित्र बनिसक्ने बताएका छन् । आठ ओटै जिल्लाका सहकारी अभियान साथीहरूसँग छलफल गरेर प्रदेश सभामा  ड्राफ्ट गरिसकेका मन्त्री साहले बताए ।

६४औ राष्ट्रिय सहकारी दिवस को अवसरमा  प्रदेश २ का  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले भने,'ऐन अहिले प्रदेश सभामा छलफलमा रहेको छ ।  आउने ३० गते प्रदेश सभाका बैठकमा प्रादेशिक सहकारी ऐन एक हप्ता भित्र बनिसक्ने छ।'

सहकारी एन आइसकेपछि प्रदेश भित्र रहेको सात हजार भन्दा बढी  सहकारी संस्थाहरूलाई कसरी संरक्षण , संवर्द्धन र प्रवर्द्धन गर्ने त्यो तर्फ प्रदेश सरकार  आफ्नो कदम चाली सकेको मन्त्री साहले बताए । मन्त्री साहले भने झोले सहकारी भनेर नहेपौँ त्यसलाई कसरी प्रवर्द्धन गर्ने बाटो देखाउनुपर्ने तर्फ लाग्नुपर्ने बताए । सहकारी को उद्देश्य  रहेको छ , त्यो विपरीत काम गरेको पाएमा त्यो सहकारी माथि कारबाही हुनेछ।

राजनीति जस्तै सहकारीमा पनि राजनीति भइरहेको मन्त्री साहले दुःख व्यक्त गरे। सहकारी मा राजनीति गरे समाजमा धेरै विकृत ल्याउने बताए । सहकारीमा राजनीति गर्ने प्रयास नगर्न मन्त्री साहले आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ