arrow

कोरोनामा आइपीएल, खेलाडीको जीपीएस ट्रयाकिङ

logo
प्रकाशित २०७७ चैत २१ शनिबार
ipl-cricket.jpg

काठमाडौं । यही अप्रिल ९ तारिखदेखि भारतमा हुन लागेको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लागि निकै सावधानी अपनाइने भएको छ । भारतमा कोराना भाइरस उत्कर्षमा पुगेका बेलामा क्रिकेट हुन लागेको हो । 

कोरोनाको दोस्रो लहर देखिएका अवस्थामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कोरोना प्रोटोकललाई गम्भीर तरिकाले पालना गर्ने फैसला गरेको हो । 

उक्त फैसला अनुसार बायो बबलमा हुने सबै खेलाडीको मनिटरिङ हुने भएको छ । यसका लागि जीपीएस डिभाइसको मद्धत लिइने भएको छ । 

यो डिभाइस नाडीको ब्यान्ड या चेनका रुपमा हुनेछ । जब खेलाडी बायो बबल क्षेत्रबाट बाहिर हुनेछन् तब यो डिभाइसमा आवाज आउने छ र खेलाडीहरु सचेत हुनेछन् । 

उक्त डिभाइस सेन्ट्रल प्यानलसँग जोडिएको हुनाले सबै जानकारी प्राप्त गर्नेछन् । बायो बबलको उल्लंघन गर्ने खेलाडीलाई ७ दिन क्वारेन्टिनमा राखिने छ । 

पूरा लिगका लागि हरेक टिमसँग ४–४ जना कोरोना अधिकारीलाई नियुक्त गरिएको छ । 

पहिलो खेल ९ अप्रिलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलरुबीच हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ