arrow

नयाँ सरकार गठनमा हाम्रो भूमिका निर्णायक : अध्यक्ष प्रचण्ड

'सरकार गठनमा नेतृत्वदायी भूमिका खेल्छौ'

logo
मणि प्रसाद गैहे,
प्रकाशित २०७७ चैत २१ शनिबार
prachanda-kapilvastu.jpg

कपिलवस्तु। नयाँ सरकार गठनमा हाम्रो भूमिका निर्णायक रहने र हामी नै नयाँ सरकार गठनमा नेतृत्वदायी भूमिका खेल्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। कपिलवस्तुमा आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

उनले भने नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा मागेपछि र अर्को सरकार गठन प्रति पहल लिने हिजो निर्णयपछि देशको राजनीतिक प्रस्थितिले कोल्टे फेरेको छ।

प्रचण्डले शनिवारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेको छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आज ४ बजेबाट घनिभूत रूपमा छलफल अगाडि बढाउने बताएका हुन्।

‘साढे तीन बजे काठमाडौँ फर्केर ४ बजेबाट काठमाडौँमा नयाँ सरकार गठन बारेका बैठकहरू घनिभूत रूपले अगाडि बढाउने छु भनेर आएको हुँ। देशको राजनीतिले कोल्टे फेरेको छ, म तपाईँहरू सबैलाई बधाई भन्न चाहन्छु,’ उनले भने।

सम्भवता छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ। उनले भने, ‘नयाँ परिस्थिति बन्ने छ। त्यही कामका निम्ति मैले छिटो जानुपरेको हो। सम्भवता छिट्टै नयाँ सरकार बन्नेछ।’

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ हजार भन्दा बढी नेताहरू पार्टी प्रवेश गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ