arrow

प्रधानमन्त्रीका कारण पुनः स्थापित संसद् अकर्मण्य र अनुत्पादक : विमलेन्द्र निधी

logo
प्रकाशित २०७७ चैत २१ शनिबार
nidi-birtamode.jpg

बिर्तामोड। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्रीका कारण पुनः स्थापित संसद् अकर्मण्य र अनुत्पादक भएको बताएका छन्। नेपाल प्रेस युनियन झापाद्वारा बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपसभापति निधिले अदालतको आदेशपछि प्रधानमन्त्रीको सत्तामा बसिरहने नैतिक अधिकार नरहेको उल्लेख गर्दै निधीले भने–‘संसदलाई निरर्थक बनाउने काम प्रधानमन्त्रीबाट भएको छ।’ पूर्व उपप्रधान मन्त्री समेत रहेका उने थपे –‘प्रधानमन्त्रीकै कारण पुनः स्थापित संसद् अकर्मण्य र अनुत्पादक भएको छ।’

पत्र कारसँगको भेटघाटमा बोल्दै उपसभापति निधिले प्रधानमन्त्रीले विगठन गरेको संसद् अदालतले पुनः स्थापित गरेसँगै प्रधानमन्त्रीको सत्तामा बस्ने नैतिक अधिकार सकिएको उनको भनाई थियो।

नैतिक हैसियत गुमाएर सत्तामा बसिरहेका प्रधानमन्त्री ओलीलाई अपदस्त गरेर अर्को सरकार बताउनु पर्ने निर्णयमा काँग्रेस पुगेको जानकारी दिँदै निधीले त्यसका लागि जनता समाजवादी पार्टीको स्पष्ट कुरा नआउनु र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण काँग्रेस निर्णयमा पुग्न नसकेको बताए।

सरकार बनाउनका लागि काँग्रेस, माओवादी र जसपा एकै ठाउँमा उभिनुपर्छ। सो क्रममा पार्टीको १४ औँ महाधिवेशन आगामी भदौमा हुन नसके पार्टीको वैधानिकता र संवैधानिक हैसियत दुवै समाप्त हुने बताउँदै क्रियाशील सदस्य वितरणदेखि गाउँ-नगरको नेतृत्व चयनमा सक्रिय हुनुपर्नेमा जोड दिए।

देशमा उत्पन्न परिस्थितिका कारण पार्टी महाधिवेशन र सभापतिको उम्मेदवारीको कुरा ओझेलमा परेको बताएका निधीले १४ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थनमा सभापतिको उम्मेदवारी दिने बताए।

नेपाल प्रेस युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा स्वागत उपाध्यक्ष गिरीराज भट्टराई र सञ्चालन सचिव डिल्लीराम घोसाईँले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ