arrow

चेल्सी र आर्सनलको कमजोर प्रदर्शन, म्यानचेस्टर सिटी र लिभरपुल विजयी

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
arsenal-liverpool1.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले घरेलु मैदानमै कमजोर प्रदर्शन गर्दा म्यानचेस्टर सिटी र लिभरपुलले भने शानदार जित निकालेका छन् । 

चेल्सीे घरेलु मैदानमा वेष्टब्रोमविच आल्बियनसँग ५–२ गोल अन्तरले पराजित भएको हो । शनिबार रातिको खेलमा चेल्सी निकै कमजोर देखिएको हो । वेष्टब्रोमका लागि म्याथुज पेरेराले २ गोल गरे । खेलमा चेल्सीले अग्रता लिए पनि हार जोगाउन सकेन । २९ औं मिनेटमा थियागो सिल्भा दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि चेल्सी १० जनामा समेटिँदा कमजोर खेल्न पुगेको हो । 

लिग लिडर म्यानचेस्टर सिटीले सहज जित निकाल्ने क्रममा लेष्टर सिटीलाई २(० गोल अन्तरले पराजित गर्यो । लेष्टरको मैदानमा सिटीलाई जित दिलाउन बेन्जामिन मेन्डी र ग्राबियल जिससले एक एक गोल गरे । जितसँगै सिटीले उपाधि होड थप बलियो बनाएको छ ।

लिभरपुलले आर्सनललाई ३–० गोल अन्तरले हरायो । लिभरपुलले आर्सनललाई उसकै मैदानमा हराएको हो । लिभरपुललाई जिताउन डिएगो जोटाले २ तथा मोहमद सलाहले १ गोल गरे । 

अर्को खेलमा लिड्स युनाइटेडले घरेलु मैदानमा शेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले हरायो । 

अंक तालिका 
३१ खेलबाट म्यानचेस्टर सिटी ७४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दुई खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ५७ अंकसहित दोस्रो स्थानमा छ ।

३० खेलबाट ५६ अंकको लेस्टर सिटी तेस्रो स्थानमा छ । चौथो स्थानको चेल्सी ५१ अंकसहित चौथो स्थानमा छ । 

लिभरपुल ४९ अंकसहित पाँचौं स्थानमा पुगेको छ । टोटनह्याम ४८ अंकसहित छैटौंमा झरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ