arrow

नेयमारलाई रातो कार्ड

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
neymar21.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारले रातो कार्ड खाएका छन् । फ्रेन्च लिग वान फुटबलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीका खेलाडी नेयमारले रातो कार्ड खाएका हुन् । 

खेलको ९० औं मिनेटमा नेयमार दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । यो खेलमा पीएसजी पराजित भएको छ । 

शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १–० गोल अन्तरले पराजित भएको हो । पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । 

जितसँगै लिल ३१ खेलमा ६६ अंकसहित शर्षि स्थानमा छ । दोस्रो स्थानको पीएसजीको ३१ खेलमा ६३ अंक छ । मोनाको ३१ खेलबाट ६२ अंकसहित तेस्रो र लियोँ ३१ खेलबाट ६१ अंकसहित चौथो स्थानमा छ । 

यी चार टिमहरु नै शीर्ष चारमा रहने र यीमध्येबाटै एकले उपाधि जित्ने पक्का छ । 

पाँचौं स्थानको लेन्सको ३१ खेलबाट ४९ अंक मात्रै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ