arrow

मोटरसाइकललाई ठक्कर दिएर कन्टेनर सय मिटर तल खस्यो, एकको मृत्यु दुई घाइते 

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
accident-final.jpeg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा शनिबार राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नंको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना१९प ८९६ नंको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–५ बस्ने  २४ वर्षीय मोटरसाइकल चालक अनिष खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए । 

उनका अनुसार सोही दुर्घटनामा परी कन्टेनर मालिक भीमफेदी–२ बस्ने २३ वर्षीय सुरेश घलान र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ३२ वर्षीय मधुकर विष्ट घाइते भएका छन् । 

घाइतेमध्ये कन्टेनर मालिक घलानको हेटौँडा चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । 

अर्का घाइते कन्टेनर चालक विष्टको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिने कन्टेनर सडकबाट करिब १०० मिटर तल खसेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ